कलात्मक आविष्कारको जादूभित्र पीतज्वाला

धेरैले रूसी स्रष्टा भ्लादिमिर नाबोकोभ (१८९९—१९७७) को लोलिता पढेका छन् । विश्वसाहित्यको मास्टरपिसमा गनिएको लोलिता प्रायः सबै उन्नत भाषामा पुगेको छ । तर, लोलिताभन्दा एक दशकपछिको उनको पेल फायर (पहेलो ज्वाला १९६६) विश्वआख्यानमा एउटा अतुलनीय कृति मानिए तापनि यसको त्यति प्रचार भएको छैन । सबै आख्यान नवीन कल्पना हो यद्यपि संसारका कति आख्यानमा उही घटना कथा दोहोरिएको पनि पाइन्छ त्यो संयोग हो । तर, पेल फायर यस्तो कृति हो जुन कहिल्यै दोहोरिने छैन, त्यो विशिष्ट कल्पनाको अद्भूत परिणामले निर्मित पेल फायर पढ्दा स्रष्टाहरू कसरी एक अगम्य संसारभित्र प्रवेश गर्छन् भन्ने देख्न पाइन्छ ।
पेल फायर लेखकको अभूतपूर्व कल्पन र प्रस्तुतिको विलक्षण शिल्पले एउटा अद्भूत कलाकर्म बनेको छ । लेखन कलाको कारण अत्यन्तै उच्चकोटीका काव्य र उच्चकोटीको समालोचना मिसिएर आख्यान बनिएको छ ।
सर्वप्रथम त पेल फायरको संरचना पक्ष नै अपरम्परित र अकल्पनीय भएर आएको छ । पेल फायर मूलतः कवि जोन शेडको एउटा लामो ९९९ लाइनको कविता हो । कवि जोन शेडले मृत्युपूर्वका २२ दिनमा रातदिन गरेर त्यति लेखेका थिए । ती कविता राम्रा अक्षरमा नोटकार्डको एकातिर, प्रत्येक कार्डमा चार श्लोक वा १६ लाइनका दरले लेखेका थिए, सर्ग, काण्ड, श्लोक हरफ सबै गणना गरेर दुरुस्त, प्रत्येक कार्डको सिरानमा लेखेका थिए । सुन्दर पाराले कार्डलाई बिटाबिटा बनाएर राखेका थिए । अन्तिम ८४९ देखि ९९९ लाइन मात्र साफी गर्न बा“की थियो— कविको हत्या भयो । हत्या पनि कस्तो कथा छ भने जेम्बला देशमा षड्यन्त्र र विद्रोह भएपछि त्यहाको चाल्ज किम्बोट (अंग्रेजीको प्राध्यापक) भागेर अमेरिकाको न्यू इंग्ल्यान्ड आएको थियो । ऊ कवि जोन शेडको नजिकै न्यु वाइमा छिमेकी भएर बस्तथ्यो । कवि शेडस“ग उसको परिचय र हिमचिम बढ्यो । उसको लेखनबाट र कवि पत्नीबाट पनि ऊ प्रभावित थियो । एक दिन जेम्बला देशदेखि आएको हत्याराले किम्बोटलाई ताकेर हान्दा जोन शेडलाई लाग्यो र कवि शेडको देहान्त भयो ।
त्यसपछि कवि पत्नीले त्यो पाण्डुलिपि सम्पादन गरेर छाप्न भनी चाल्ज किम्बोटलाई दिइन् । किम्बोटले त्यस कृतिमाथि एउटा लामो भूमिका, त्यसपछि ९९९ लाइन कविता, तेस्रो खण्डमा कविताभन्दा लामो टिप्पणी र अन्त्यमा प्रत्येक शब्दको अनुक्रमणिका गरी चार खण्डमा राखेर निकाले । कति बाकी कागज प्रमाण जलाइएकाले त्यसबाट उत्पन्न अग्निलाई ‘पहेला ज्वाला’ भनिएको हो ।
कथाको संरचना यत्ति नै हो, सरल छ । तर, यसले उत्पन्न गरेका प्रश्न, टिप्पणी र व्याख्याको लहर अनन्त छ । यो पढेर बौद्धिक विश्व तरंगित छ, टिप्पणीकार समीक्षकले यस रहस्यको कुनै उत्तर निकालेका छैनन् त्यसको कारण के हो भने—कवि, कवि पत्नी दुवै कल्पित । सम्पादक चाल्स किम्बोट पनि कल्पित, कही नभएको देश जेम्बला, शेडको कविता पनि कल्पित, त्यो व्याख्या र टिप्पणी पनि कल्पित तर यथार्थताको यत्रो शक्तिले ती निर्मित छन्, पाठकहरू चकित हुन्छन् । त्यसैले विश्व समीक्षकले पेल फायरलाई म्याजिक अफ आर्टिस्टिक डिस्कभरी (कलात्मक आविष्कारको जादू) भनेका छन् । अझै पनि त्यहाका सम्भावित घटनाबारे, असली स्रष्टाबारे बहस चलिरहेको छ । एकपल्ट यो विश्वका दस उत्कृष्ट आख्यानमा परेको थियो । आज पनि त्यतिकै लोकप्रिय छ ।
त्यसरी अनौठो संरचनामा आख्यान बनाउन सक्ने कलाका लागि मात्र होइन नाबोकोभलाई उनैको चमत्कारिक भाषाशैली, प्रयोक्ता, कलात्मक चेतनाका स्रष्टा साथै एक विलक्षण प्रतिभाले युक्त समीक्षकको रूपमा पनि सम्मान गरिन्छ । ती व्याख्या कति विश्वसनीय छन् भने चार लाइन कविताको व्याख्या तन्काएर, आफूले कविलाई नै भेटेको अनेक प्रमाण दिदै चार पेजसम्म पुर्‍याएका छन् । एउटा वर्णन कवितामा छ तर उता व्याख्यामा त्यहाको सित नमिल्ने आङ्खनै दर्शन र जीवनवृत्त छ । वास्तवमा चाल्र्स किम्बोटले शोकाकुल कवि पत्नीबाट फकाएर पाण्डुलिपि लिएको थियो । कविताको व्याख्या गर्ने ठाउमा आङ्खनै जीवनी हालेको थियो ।
पेल फायर एन्टि–नोभल (प्रति–उपन्यास) को एक विश्व नमुना मानिएको छ । यसलाई पोस्टमोडर्न फिक्सनको प्रभावशाली नमुना मानिएको छ ।
यो भ्लादिमिर नाबाकोभको आङ्खनै जीवन विम्ब हो । रसियामा उठेको बोल्सेभिक क्रान्तिपछि भागेर उनी जर्मनी पुगे, त्यहाको निर्वासनबाट फ्रान्स पुगे अन्त्यमा अमेरिकामा शरण लिएर जीवन बिताए । जसरी उनले मातृभूमि त्यागेर निर्वासित हुनुपर्‍यो, त्यसैगरी किम्बोटले पनि देशमा विद्रोह भएपछि अन्तै गएर कसैको शरणमा लुक्नुपर्‍यो । तर, हत्याराले पछ्यारहेका थिए । यसरी परोक्षरूपले पेल फायर नाबाकोभको मातृभूमिको सम्झना र गृह विरहको कथा हो । यस कृतिको मूल मर्म रूसको सर्वसत्तावाद नस्विकार्ने स्रष्टाहरूले हत्या, काराबास, निर्वासन के–के खप्नुपर्‍यो त्यो देखाउछ । तर, सबै संकेतमा, परोक्ष रूपले ।
भ्लादिमिरले भनेका छन्— एउटा सच्चा लेखकमा कविमा हुने सूक्ष्मता र वैज्ञानिकमा हुने कल्पना चाहिन्छ । उनले आङ्खना सबै कृतिमा यस्तै क्षमताको प्रयोग गरेका छन् तर पेल फायर एक यस्तो उत्कर्ष हो, विश्वआख्यानमा यस्तो कला कल्पनाको संयोग कतै छैन, मैले हर्मन हेस्सेको सिद्धार्थपछि अत्यधिक रुचाएको कृति पेल फायर नै हो ।
नेपालीमा परम्परित शैली र संरचनाले दिक्क भएका पाठकलाई पेल फायर पढ्ने अनुरोध गर्दछु । आख्यान सिर्र्जनाका नया बाटा र दृष्टिकोण नपाएका भोलिका स्रष्टालाई यस जादूघरमा एकपल्ट प्रवेश गर्न सल्लाह दिन्छु ।

प्रतिक्रिया