अविस्मरणीय दिन

कहिलेकाही त उल्कै हुन्छ † सोच्दै नसोचेको भइदिन्छ † मेरो क्षुद्र विचारमा त त्यस्तै दिनलाई ‘अविस्मरणीय’ भन्दा राम्रो हुन्छ होला । फरक मत राख्नलाई बन्न नसकेको संविधानले पनि तपाईंलाई अधिकार दिएको छ ।
यै’ पारामा हेर्ने हो भने मेरो आजको दिन साह्रै रमाइलो, झकास, चकाचक, गजब रह्यो, त्यसैले मेरा लागि आजको दिन अविस्मरणीय हुन पुग्यो, कसरी त ? लौ सुन्नुस्–
हिजो राति सुत्दा पनि प्राधिकरणले अतिरिक्त माया गरेर लाइन दिएको थियो । लोडसेडिङ भनेर जथाभाबी लाइन काट्ने आङ्खनो मौलिक हकको सदुपयोग प्राधिकरणले नगरेपछि हिजो राति र आज बिहान दुवै घडीमा ‘तमसोमा ज्योतिर्गमय’लाई सार्थक पार्दै दिनको थालनी गर्न पाइयो । अ“ध्यारोमा छामछाम–छुमछुम गर्नुपरेन, मजा आयो † सधै
यस्तो भए पो †
आज बिहानै चार–पाच ठाउमा मोबाइल भनाउदो ठाडो हाने । एकैचोटिमा जहा जहा हाने, त्यहा ठ्याक्कै लाग्यो, क्या गजब †
आज घरबाट बाहिर निस्कदा ‘मोजा र रुमाल’ कहा छ ? भनेर श्रीमतीलाई गुहार्नुपरेन । ती दुवै वस्तु यथास्थान प्राप्त भए ।
आज बसका लागि धेरैबेर कुर्नुपरेन । बसमा छिर्नलाई कुस्ती खेल्नुपरेन, कसैले जुत्ताले खुट्टा पनि कुल्चेन । कन्डक्टरले फिर्ता दिनुपर्ने पैसो जति इमानदारीका साथ दियो, चालक हेर्दा हुल्याहा जस्तो भए पनि अघिल्लो सिटमा आङ्खनो छेउमा कुनै चनमतीलाई राखेर गफमा भुलिएको थिएन । सबभन्दा ठूलो कुरो त बसमा बस्न पनि पाइयो । आज कतै पनि
जामको पीडा खप्नुपरेन । चालकले पनि माइक्रोजस्तै हाक्यो, हवाईजहाज बनाएर तर्साएन ।
आज आकाशे पुलबाट सभ्य नागरिक भएर हिड्न खोज्दा माग्ने र पसलेले पनि हैरान पारेनन् र ठाउ–ठाउमा मानव–मलका विभिन्न साइजका थुप्रा पनि दृष्टिगोचर भएनन् ।
आज फुटपाथमा हिड्दा कसैले पनि मलाई युवक ठान्ने भूल गरेन र सोधेन– नेपाली ब्लु फिल्मको क्यासेट किन्ने ? यो उमेरमा पनि कस्तो वाहियात प्रश्न गरेर मोराहरू लाजमर्दो पार्छन् ।
आज खै किन हो, सडकहरूमा नवयुवक र नवयुवती छिल्लिएर लठारिदै, बटारिदै हिडेको पनि हेर्नुपरेन । अर्धनग्न युवतीका संवेदनशील अंगहरू हेरेर आफूलाई लाजमर्दो भएन । आजको दिनलाई झकासै
मान्नु पर्छ ।
आज दिउसो खाजा खादा चाउचाउमा रौ, फलामका टुक्रा, काठका साना छेस्का क्यै पनि फेला परेन, आनन्दले खाइयो †
आज कार्यालयमा काम गर्दा मलाई चियाको आवश्यकता पर्नुभन्दा पहिले नै पियनले सानदार (दूध धेरै हालेको) चिया ल्याएर टक्र्यायो । जस्तोसुकै कन्जुस भए पनि मैले आज पियनलाई दुईपल्ट ‘थ्याङ्क यू’ ‘थ्याङ्क यू’ दिए । गजबै भएन त ?
सधै बाइकको पछिल्लो सिटमा आङ्खनी गर्लफ्रेन्ड बोकेर कुद्ने एउटा लाउकेले आज मलाई सोध्यो, ‘कहा जानुहुन्छ ? म पुर्‍याइदिउ कि ? आउनुस्, बस्नुस् ।’ आजको दिन च्वाक भएन त ?
आज कार्यालयको बाथरुम पनि घरकै जस्तो सफासुग्घर थियो । हात धुने साबुन र हात पुछ्ने तौलिया पनि यथास्थान राखिएका थिए । अचम्मै भएन त ? घरमा आउनासाथ श्रीमतीले पनि हसिलो मुहारले चिया टक्र्याइन् † अब योभन्दा अविस्मरणीय दिन कुनचैं होला त ?
साच्चै गजबको दिन भोगेपछि राति सपना पनि च्वाकको देखे, हाम्रा खोलानालाबाट विद्युत निकालेको, बाटो, पुलपुलेसा फराकिलो बनेका र कोही रोजगारीका लागि विदेश जानु नपर्ने अवस्था निर्णय भएको । नेता पनि पूरै सुध्रिएका पाए । सपना न त हो घुस, भ्रष्टाचार, अनियमितता, जाल, झेल, तिकडम सबै भुलेर नेता त साच्चै नेता बनेको । बडो गजब लाग्यो । उनीहरू सहकार्य र सहमति गर्न ताउरमाहुर गरिरहेका थिए । मेरा लागि योभन्दा अविस्मरणीय दिन अरू कुन होला र †

प्रतिक्रिया