सिक्किमेली स्रष्टा सम्मानित

काठमाडौः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले बिहीबार राजधानीमा आयोजना
गरेको कार्यक्रममा सिक्किमेली स्रष्टा सम्मानित भएका छन् । सम्मानित स्रष्टाहरू विजय बान्तवा, राजकुमार श्रेष्ठ, चक्रपाणि भट्टराई र अमर बानियाँ हुन् । त्यसै गरी, भानुप्रकाश वानी, टिबिचन्द्र सुब्बा, प्रणय लामिछाने, मोहन प्रधान, कविता शर्मा, सीता प्रधानलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित स्रष्टा विजय बान्तवाको शब्द ब्रह्माण्ड र महेश प्रधानकोफूलैफूलका आलाप कृति पनि विमोचन गरिएका थिए । विमोचित कृतिमाथि डा. तुलसी भट्टराईले टिप्पणी गरे । कार्यक्रममा यादव खरेल, डा. अभि सुवेदीलगायतको आतिथ्य थियो ।

प्रतिक्रिया