पुडासैनीलाई २ लाख क्षतिपूर्ति र निशुल्क उपचार

काठमाडौं, १६ चैत । बोक्सीको आरोपमा आफन्तको कुटाईबाट दुई आँखा गुमाएकी काठमाडौं जोरपाटीकी सुनीता पुडासैनीलाई सरकारले २ लाख क्षतिपूर्ति उप्लब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले पुडासैनीलाई क्षतिपूर्ति बापत २ लाख नगद सहयोग दिने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए । उनको निशुल्क उपचारपनि गरिने छ ।

आफ्नै बहिनी र जवाईको कुटाईबाट पुडासैनीले केही दिन अगाडी आँखाको ज्योति गुमाउनु परेको थियो ।

सरकारले नेपाल राष्ट्र बैंकको बोर्ड सदस्यमा दुई जनालाई नियुक्त गरेको छ । सदस्यमा नियुक्त हुनेमा डा.श्रीराम पौडेल र डा.रामहरि अर्याल रहेका छन् ।

त्यसै गरेर सरकारले जरिवाना बापत उठाउने रकमको १५ प्रतिसत रकम ट्राफिक प्रहरीलाई नै प्रोत्साहन बापतको भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री पुनले बताए ।

प्रतिक्रिया