दमननाथको दर्शन

२०४७ सालको संविधान बनाउनुपर्ने बेला । तत्कालीन सभामुख दमननाथ ढुंगानाले कुनै न कुनै क्षेत्रको राय बुझ्ने जिम्मेवारी लिनुपर्ने थियो । उनले राप्ती र कर्णाली अञ्चलको जिम्मा लिएछन् । ‘त्यही भ्रमण मेरो राजनीतिक जीवन परिवर्तनको कारण बन्यो,’ ढुंगानाले भने, ‘त्यहा“को जीवन देखेर मलाई अत्यास लाग्यो । सोचे“, आर्थिक, सामाजिक, सांस्कृतिक आदि अधिकारविनाको ‘कोरा प्रजातन्त्र’ले नपुग्दो रहेछ ।’
विसं. १९९८ माघ १६ गते काठमाडौं ओमबहालमा जन्मिएका हुन् ढुंगाना ।  हाल शान्ति अभियन्ताका रूपमा सक्रिय उनी एकताका गिरिजाप्रसाद कोइरालाको दाहिने हात मानिन्थे । राजनीतिको दुनिया“मा प्रवेश गर्नुपूर्वको सोच र आकांक्षा भने अर्कै थियो उनको । ‘स्नातक गरेपछि कुनै दुर्गम गाउ“मा जाउ“ला, त्यही“ साहित्य लेखौ“ला र समाजसेवा गरौ“ला’ सोचेका ढुंगानाले भने, ‘२०१७ साल पुस १ गते सबै सपना उथलपुथल भइदियो ।’
२००७ सालको परिवर्तन, २०१५ सालको निर्वाचन नजिकबाट देखेका ढुंगानाले त्यसभित्र मिसिएको उज्ज्वल भविष्य पुस १ गतेको शाही कदमले धुमिल्याएको अनुभूति गरे । अनि लागे राजनीतिमा । त्यो घटनालाई उनी, ‘मेरो राजनीतिक जन्म’ भन्न रुचाउ“छन् । त्यसो त ढुंगाना २०१४ को भद्रअवज्ञा आन्दोलनमा स्वतन्त्ररूपले सहभागी भइसकेका थिए । माता लक्ष्मीदेवी र पिता केदारनाथ ढुंगानाले कहिल्यै रोकतोक गरेनन् उनलाई । २०१७ साल फागुन ७ गते त उनी शैलजा आचार्यले खरीबोटमा राजालाई कालो झन्डा देखाउने कार्यक्रममा सहभागी भइहाले ।
एमए भर्ना भएपछि राजनीतिक यात्रा झन् रोचक बन्दै गयो ढुंगानाको । उनी विद्यार्थी युनियनको इतिहासका ‘आदिपुरुष’ बन्न पुगे । २०१८ सालमा उनले तत्कालीन अवस्थामा निषेधित विद्यार्थी युनियन निर्माण गर्न थाले । २०१९ सालमा युनियन गठन गरिछाडे । २०२० सालमा साधारणसभाले उनलाई अध्यक्षको जिम्मेवारी दियो ।
२०१५ सालको निर्वाचनमा गोर्खाबाट हारे पनि पार्टीले मनोनीत गरेर सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सभामुख बनाएको थियो । तर, ढुंगाना मुलुककै पहिलो जननिर्वाचित सभामुख बने कालान्तरमा । त्यति मात्रै होइन, २०२७ सालमा नेविसंघको स्थापना गरे । बिपीको धेरै नजिक बसेर काम गरेका, ०३६ को जनमत, ०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलनमा प्रमुख भूमिका निभाएका पूर्वसभामुख अहिले किन ओहोदा र चर्चामा छैनन् त ? ढुंगानाको जवाफ छ, ‘मैले २०४८ असार ९ गते सभामुखको शपथ खा“दा कसम खाएको थिए“– जनताको अहित हुने काम कहिल्यै गर्ने छैन । आज पनि त्यो शपथ भुलेको छैन ।’ तीन वर्ष तीन महिनासम्म मुलुकको सभामुख बनेका ढुंगानाले २०५१ को मध्यावधि चुनावपछि सक्रिय राजनीति गरेनन् । उनले भने, ‘नेताहरू व्यक्तिस्वार्थ र गुटगत हितमा मात्रै लाग्न थाले । प्रजातन्त्रको अर्थ र धर्म त्यो होइन ।’ त्यसपछि उनले आफूसम्बद्ध पार्टी नेपाली कांग्रेसको सदस्यता नवीकरण नै गरेनन् ।
२०५४ सालमा रोल्पा घुमेर फर्किएपछि उनको जीवनमा २०१७ को जस्तै अर्को चेतनाको झिल्को सल्कियो । र, बुटवलमा आएर पत्रकार सम्मेलनमा बोले– ‘रोल्पाबासी भएको भए म पनि माओवादी हुन्थे“ होला ।’ यो भनाइले उनलाई ‘माओवादी आन्दोलन चर्कायो’ भन्ने आरोप लाग्यो । उनले ‘माओवाद घटाउन, खाओवाद बन्द गरिनुपर्ने’ धारणा सार्वजनिक गरे । तत्कालीन अवस्थामा यो प्रसंगले राष्ट्रिय चर्चा पाएको थियो ।
आज उनी दुःखी छन्, त्यही माओवादी खाओवादी बन्दै गएकामा । उनले गुनासो गरे, ‘हिजो क्रान्तिकारी, अग्रगामी भनिने माओवादी आज कांग्रेस, एमाले र मधेसवादीभन्दा भिन्न हुन सकेन ।’ रोल्पा भ्रमणदेखि नै हिंसाबाट जनतन्त्र स्थापना गर्ने माओवादी महŒवाकांक्षा, प्रजातान्त्रिक संविधानको परिधिमा नबस्ने राजाको महŒवाकांक्षा र बहुदलवादी नेताहरूको अप्रजातान्त्रिक आचरण र महŒवाकांक्षाविरुद्ध आफूले राजनीतिभन्दा फरक बाटो अपनाएको उनी सम्झन्छन् । भन्छन्, ‘म अहिले पनि त्यही अभियानमा छु । पार्टीले मलाई छुटाएको होइन, पार्टीबाट म छुटेको पनि होइन ।’ २०२७ सालमा सक्रिय वकालतमा हात हालेका ढुंगानाले त्यहा“ पनि प्रलोभनको बोसो देखिन थालेपछि चटक्कै छाडिदिएछन् ।
बकुल्लाछाप चप्पल लगाएर निर्वाचन जित्ने कैयौं वर्तमान नेताबीच राजधानी पसेको एकाध वर्षमै महल खडा गर्ने होड नै देखिन्छ । तर, ०४६ सालमा प्रजातन्त्रको बीजारोपणस“गै सभामुख भएका ढुंगानाले भने आर्थिक अभावकै कारण २०५४ देखि ०६४ सम्म बत्तीसपुतलीमा रहेको पुख्र्यौली घर बहालमा दिएर पुतलीसडकमा सस्तोमा भाडामा बस्नुप¥यो । भन्छन्– ‘पुख्र्यौली घर नै छाडेर हि“ड्नुपरेको दिन गलत त गरिन“ भन्ने लागेको थियो †’
यत्तिको लामो राजनीतिक छवि बनाएका व्यक्ति मन्त्री, प्रधानमन्त्री वा अन्य कुनै उच्च ओहोदामा हुनुपर्ने हो । तर, किन भएनन् ? उनले भने, ‘पद मेरो सपना भएन । जिम्मेवार नागरिक बन्ने सपना हो ।’ उनले सरकार र माओवादी वार्ताको मध्यस्थकर्ताको काम गरेका मात्र होइनन्, अहिले शान्तिप्रक्रियामा पनि सघाइरहेका छन् ।
ढुंगानाको एउटा आदर्श छ– ‘आङ्खनो बाटो आफ“ै बनाएर हि“डेको मान्छेले अन्य बाटो देखेर विचलित हुनुहु“दैन ।’ जीवनमा ४०–५० वटा कविता र १५–२० वटा गद्य रचना गरेको आङ्खनो साहित्यिक मन बीचैमा बिलाएको सम्झि“दा भने उनी दुःखी हुन्छन् । उनका रचना २०२९ सालतिरका ‘मुकुट’ र ‘रूपरेखा’मा छापिए तर अहिले उनीस“गै छैनन् ।
मन–मस्तिष्कमा मुलुकको सुदृढ प्रजातन्त्र, शान्ति, संविधान र सुव्यवस्थाको सपना मात्रै पौडिरहेको हुन्छ । जनताले विश्वास गरेका प्रतिनिधि हुनुपर्नेजति सदाचारी र समर्पित नभइदिएकामा त्यो पूरा हुन नसकिरहेको उनको ठम्याइ छ ।  जनप्रतिनिधि निजी आर्जनमा जाने, जनता न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित हुने अवस्थामा जतिसुकै अधिकारसम्पन्न र सुन्दर संविधान बनाए पनि विद्रोह, बलिदान र संघर्ष भइरहने ठम्याइ ढुंगानाको छ ।
संघीयताले मात्रै एकताबद्ध बनाउने बताउ“दै उनले भने, ‘तराई, मधेस, हिमाल, कर्णालीले नेपालको खोजी गरिरहेको छ । हामी उनीहरूलाई देश दि“दैनौ“ भने उनीहरूलाई विखण्डनकारी भन्न हु“दैन ।’ अहिलेको शान्ति र संविधानको ठूलो अड्चन राजनेताहरूको चरित्र र यही दिने–नदिनेबीचको द्वन्द्व भएको ढुंगानाको विश्लेषण छ । ‘राणा हटे, शाह आए । शाह हटे, नेता आए,’ ढुंगानाले आक्रोशित हु“दै भने, ‘सामन्तवाद रूपमा मात्रै समाप्त भयो, सारमा भएन । माओवादीमा समेत त्यस्ता अनुहार उदाए ।’
शान्ति र संविधानका लागि तोकिएको सीमा अवधि लम्ब्याउनमा अरू नभई दलहरूको व्यक्तिगत र गुटगत स्वार्थलाई कारण देख्छन् उनी । निर्मल निवासअगाडि ०६२ चैत २६ गते कङ्खर्यु तोड्दै जीवन दाउमा लगाएका शान्ति अभियन्ता ढुंगाना भन्छन्, ‘०६२÷६३ को आन्दोलन युगान्तकारी परिवर्तन हो । राजतन्त्रबाट गणतन्त्र, एकात्मकबाट संघीयता र बहिष्करणबाट समावेशी पहिलोपटक स्थापना भएको हो ।’ प्राप्त उपलब्धि संस्थागत हुन नसक्नाको कारण   ‘हतियार उठाएर जनतन्त्र ल्याउन हि“डेका माओवादी, शान्तिपूर्ण वैधानिक राजनीतिमा लागेका कांगे्रस, एमाले र मधेसवादी दलबीच आधारभूत सैद्धान्तिक विचारधारात्मक मतभेद र दूरीलाई सहमतिको केन्द्रमा ल्याउने कामै नभइदिनु हो’ भन्छन् ढुंगाना ।
अन्तिम अवस्थामा यी काम हतपतमा भइरहेको उनले बताए । उनले भने, ‘जेठ १४ मा संविधान नआए यसै पनि वैधानिकता गुम्छ, हतपतमा आयो भने पनि वैधानिकता पाइ“दैन ।’ जीवनमा १०÷१२ पटक गरेर झन्डै चार वर्ष जेल जीवन भोगेका पूर्वसभामुख ढुंगानाले थपे, ‘मुलुक भनेको जनता हो । भूमि नछाड्ने जनतालाई सम्पन्न बनाउने काम राजनीति हो । जनतालाई केन्द्रबिन्दु बनाउन सक्नु पर्छ । समस्या समाधान आफै“ हुन्छ ।’

प्रतिक्रिया