टंकको अलग बाटो

टंक राईका दुई परिचय छन्– एउटा नेकपा (एकीकृत) का नेता, अर्को व्यवसायी । काठमाडौंमा बंगुरपालन व्यवसाय सञ्चालन गरेका छन् त गाउमा कुखुरापालन छ । निर्माणका काममा पनि हात हालेका छन् । राजनीतिज्ञ भएका नाताले सामाजिक सहभागितामूलक कामहरू त यसै पनि प्राथमिकतामा पर्ने नै भइहाले ।  ‘अहिले बंगुर त्यति धेरै छैनन्, कुनै बेला सयवटासम्म हुन्थ्यो, फाइदा पनि त्यत्तिकै’ –उनले सुनाए ।
पार्टीको झन्डा बोकेका भरमा कुनै पेसा व्यवसाय नगरीकनै विलासी जीवन बिताउने पनि छन् यहा । उनीचाहि व्यवसायलाई पनि उत्तिकै प्राथमिकता दिइरहेछन् । किन त ? ‘झन्डा मात्र बोक्दा लुटेर खाने, भ्रष्टाचार गर्दै धुतेर खाने भइन्छ’, उनले प्रस्ट्याए– ‘पार्टीको झन्डा बोके पनि श्रम गरेरै हात मुख जोर्ने हो भने मात्र त्यो राजनीतिले सकारात्मक परिणाम निकाल्न सक्छ । यसकै लागि म राजनीतिसगै व्यवसाय पनि गर्छु ।’ परिश्रम नगरी भाषण अनि शक्तिको भरमा राजनीति गर्ने नेताको जीवन अहिले सोखमा बिते पनि भविष्यले उनीहरूलाई कुनै सम्मान नगर्ने उनलाई लाग्दो रहेछ– ‘भोलिका दिनमा इतिहासतिर नियाल्दा त्यस्ता नेताले पश्चात्ताप गरिरहेको देखिनेछ ।’
नेकपा (एमाले) का तर्फबाट दुईपटकसम्म प्रतिनिधिसभा सदस्य भएका राई अहिले माले हुदै नेकपा
(एकीकृत)को नेता भएका छन् । सानै उमेरदेखि वामपन्थी आन्दोलनमा क्रियाशील उनी वर्तमान राजनीतिले मान्छेलाई भ्रष्ट र परजीवी बनाएको देख्दा रहेछन्– ‘मेहनत र आङ्खनो उत्पादनले बाच्नेभन्दा फोकटमा बेइमानीको धनमा बा“च्ने पद्धति सिकायो अहिलेको राजनीतिले ।’ आफू सधै त्यस्तो राजनीतिको खिलाफमा रहेको र सधै त्यस्तै रहिरहने दृढता उनले व्यक्त गरे । उनी आङ्खना कार्यकर्तालाई दर्शन मात्र सिकाउदैनन् रे, राजनीतिसगै कुनै व्यवसायमा लाग्न सल्लाह पनि दिन्छु भन्छन् ।
घर चलाउने बहानामा आजसम्म पार्टीबाट पारिश्रमिक वा चन्दा लिएका छैनन् रे । खेतीपातीबाट आएको अन्नले नै परिवार धानिइरहेको सुनाउछन् । उनका अनुसार पारिवारिक जीवनशैली साधारण ढंगले चल्छ । परिवारमा सबै मिहिनेती छन्, केही न केही काम सबैले गर्छन् । समकालीनहरू आरोप लगाउछन् रे टंकलाई– ‘राजनीति गर्ने मान्छे भएर पनि व्यवसाय गरेर बस्छ † पार्टीको काम छाडेर कत्ति न बंगुर, कुखुरा  पाल्नुपर्ने †’ तर उनी आङ्खनो शैलीप्रति गर्व गर्छन्– श्रमव्यवसाय गर्ने मान्छेले मान्छेलाई पाल्न सक्ने हैसियत राख्छ, परजीवी भएर बाच्नु पर्दैन ।
उनलाई लाग्ने आरोप अर्को पनि छ– पार्टी फेरिरहने व्यक्ति † यो आरोपलाई उनी यसरी खण्डन गर्छन्– ‘मेरो राजनीतिक यात्रा मालेबाट सुरु भएको हो । पार्टी फुट्ने र जुटनेसगै कता–कता पुर्‍याइयो–पुर्‍याइयो, म त अझै समूहमै छु, एक्लै हिडेको भए पो यसो भन्न मिल्छ ।’
यतिखेर चाहि राई खोटाङस्थित आङ्खनै गाउ“ जाल्पालाई नमुना बनाउने अभियानमा रहेछन् । यो उनको सपना हो । ०३९ सालमा तत्कालीन माले पार्टीले कारबाही गर्दा उनले यहीको विद्यालयमा निःशुल्क शिक्षण गरेका रहेछन् । उति बेला यो गाउलाई कसैले चिन्दैनथे । नजिकतिरका गाउचाहि बरु परिचित थिए । ‘तर आज परिस्थिति फेरिएको छ, नजिकका गाउ पनि आज जाल्पाका कारण चिनिन थालेका छन्’, उनले सुनाए– ‘गाउमा तीन सय वाट विद्युत् उत्पादन हुदै छ ।’ त्यसको प्रोजेक्ट कोअर्डिनेटर उनी आफै“ हुन् । १५ शैयाको अस्पताल पनि बन्दैरहेछ । कम्प्युटर, इन्टरनेट सुविधा सबै छ ।
१४ वर्षको उमेरबाट राजनीति थालेका उनी १६ वर्षको उमेरबाट संगठित रूपमा लागेका रहेछन् । यसबापत जीवनमा तीनपटक जेल परे । पहिलोपटक २८ वर्षको उमेरमा सांसद भएका थिए उनी । तर, मन्त्री हुने लालसा पलाएन रे † जनताका लागि जति गर्नुपर्ने हो, त्यो नभए पनि दोस्रोचोटि सांसद हु“दाचाहि“ उनले पहिलो कार्यकालमा भन्दा निकै काम गरेको सुनाए । एमालेको नौमहिने सरकारका पालामा गाईघाट–दिक्तेल सडकको सुरुआत उनैले गराएका रहेछन् । अहिले बन्दै गरेको हिले–हलेसी मध्य पहाडी राजमार्गको रेखांकन, सर्वे, डिजाइन पनि आफै गरेको बताउदै थिए ।
त्यसो त उनी अहिले सानो पार्टीको नेता भएका छन् । त्यत्तिको संघर्ष गरेको मान्छे अलिअलि हीनताबोध पनि छ कि ? ‘अह“ पटक्कै छैन’, उनले सन्तुष्टि देखाए– ‘शक्ति, पद र सत्ताको आसक्ति कहिल्यै लागेन, पार्टीका नाम चलेका हर्ताकर्ता नेता सबैस“ग अन्तरंग सम्बन्ध नै थियो तर पदको लोभ लागेन ।’ सांसदका लागि पहिलोचोटिको चुनाव पनि आङ्खनो इच्छाले भन्दा पार्टीको आग्रहले लडेको उनले बताए । हरेक कार्यकर्ताले पार्टीले भनेअनुसार चल्नुपर्ने स्कुलिङ गरिएको हुन्छ । त्यो स्कुलिङलाई पछ्याउदै आएका उनी आज पनि त्यसै गर्छन् रे †
देख्नेलाई लाग्न सक्छ– उनी अब राजनीतिबाट सुस्ताइसके । उनी आफैचाहि यो मान्न तयार छैनन् । राजनीतिमा शक्तिको खेल छ यतिखेर । तर, शक्तिमा रहने नेताहरू मात्र राजनीतिक रूपमा व्यस्त रहन्छन् भन्ने उनलाई पटक्कै लाग्दैन । भन्छन्– ‘म आज पनि त्यत्तिकै व्यस्त छु, जति हिजो थिए ।’ यति बेलाको राजनीतिक शैलीबाट भने उनी रत्तिभर सन्तुष्ट छैनन् । नेपालका कम्युनिस्ट नेता व्यवस्थालाई आमजनताको अनुकूल रूपान्तरण गर्नुभन्दा आफूअनुकूल रूपान्तरण गर्ने मार्गमा लागिरहेको देख्छन् । ठूला दलभित्र स्वार्थी समूह मडारिइरहेको अनुभूति गर्छन् । भन्छन्– ‘ठूला दलभित्रको प्रवृत्ति र हलेसीबजारमा लाग्ने मेला उस्तै लाग्छन् । जहा सबै आ–आङ्खनै स्वार्थमा व्यस्त । स्पष्ट गन्तव्य र स्वच्छ भावना सबैको हुन्छ भनेर विश्वास गर्ने आधार छैन । कोही भा“डा किन्न आउछन्, कोही महादेवको दर्शन गर्न त कोही मालसामान बेच्न आउछन् ।’

प्रतिक्रिया