बैद्य पक्षको गोप्य प्रशिक्षण

दाङ, १५ चैत । चैत १९ गतेदेखि देश व्यापी रुपमा वैद्य पक्षले गर्ने कार्यक्रमबारे जानकारी दिने भन्दै एकीकृत माओवादीका स्थायी समिति सदस्य नेत्र बिक्रम चन्द्र र पोलिट व्युरो सदस्य सोनामले दाङमा आज गोप्य प्रशिक्षण दिएका छन् ।
प्रशिक्षण पछि एकीकृत माओवादीका नेता चन्दले जनसंविधान, राष्ट्रियता, शान्ति र जनजीविकाका लागि देश व्यापी रुपमा हस्ताक्षण अभियान गर्ने जानकारी दिए ।
हस्ताक्षर अभीयानका लागि देश भरका निवार्चन क्षेत्रमा १० दस जनाको फोर्स गठन गर्ने उनले बताए । एक दुइ दिन भित्र फोर्स गठन  गरी जेठ १५ सम्म ७० लाख हस्ताक्ष संकलन गर्ने चन्दको भनाई थियो ।

प्रतिक्रिया