सञ्चितालाईसिकाउने चलचित्र

चलचित्र अप्सराबाट नेपाली रजतपटमा भित्रिएकी नायिका सञ्चिता लुइँटेलले यसै क्षेत्रमा दशक बिताइसकेकी छन् । केही अघिसम्मकी यी व्यस्त नायिका यतिखेर फुर्सदमा छिन् । नायक निखिल उप्रेतीसँग दोस्रो बिहे गरेर आमा बनेपछि उनलाई चलचित्रमा नदेखिएको लामै समय भइसक्यो । सन्तानको हेरबिचारमा व्यस्त हुनुपरेकाले चलचित्रमा समय दिन नपाएको उनी सुनाउँछिन् । पछिल्लो चलचित्र पर्खिराख है हो । यो अवधिसम्म आइपुग्दा उनले अभिनय गरेका चलचित्रको संख्या ८० भन्दा बढी भइसक्यो । यीमध्ये केही चलचित्रले आफ्ना लागि विशेष महŒव बोकेको उनी सुनाउँछिन् । भन्छिन्, ‘ती चलचित्रले मलाई अभिनय मात्र गराएनन्, प्रशस्तै कुरा सिकाए पनि ।’  कुन–कुन चलचित्रबाट के–के सिकिन् त उनले ? उनकै शब्दमा 
अप्सराः यो मेरो पहिलो चलचित्र हो । डा. भोला रिजालले ब्रेक दिनुभएको हो । यसमा निर्दाेष गाउले केटीको भूमिका निर्वाह गरेकी थिए । काठमाडौंमा जन्मेकी मलाई गाउले भूमिका गर्नुपर्दा निकै गाह्रो भएको थियो । गाउको वातावरण, रहनसहन, लवाइखवाइ केही थाहा थिएन । चलचित्रकै लागि भनेर म गाउका केटीलाई नियाल्थे । उनीहरूका पहिरनदेखि गाउले वातावरण बुझ्ने प्रयास गर्थें । यो चलचित्रले मलाई गाउले परिवेश बुझ्न सिकायो । त्यो ज्ञान अहिलेसम्म पनि काम लागेको छ ।
आशीर्वादः एउटा नाम चलेको गायकका विषयमा निर्मित चलचित्र हो यो । निर्देशक शम्भु प्रधानले सोध्नुभयो, एउटी केटीको भूमिका छ गछ्र्यौ ? मैले त्यो केटी पात्रको भूमिका पनि उक्त गायकको जीवनमा घटेको घटना हो भनेर सोधे । उहा“ले भन्नुभयो, ‘गायकको वास्तविक जीवनमा केटी पात्रसग जोडिएको यस्तो भूमिका छैन, चलचित्रमा मसलाका रूपमा मात्र प्रयोग गर्न खोजिएको हो ।’ मैले बल्ल थाहा पाए, वास्तविक घटनामा आधारित चलचित्रमा पनि मसला चाहिदो रहेछ । हिरोका लागि हिरोइन राख्नु चलचित्रलाई मसलादार बनाउनु रहेछ । गायक रामकृष्ण ढकालको रियल लाइफको घटनामा तिमीले अभिनय गरेको हो भनेर सोध्दा मेरो उत्तर हुन्थ्यो, ‘होइन, म त मसला मात्रै हु ।’ जे होस्, चलचित्र चलाउन मसलाका रूपमा नायिकाको भूमिका हुदोरहेछ भन्नेचाहि मैले यसै चलचित्रबाट सिके ।
मुनामदनः यो मेरो चौथो चलचित्र हुनेवाला थियो । तर, हुन सकेन । केही चोट पनि पु¥याएको छ । तर,  यसबाट पनि मैले गतिलै पाठ भने सिकेकी छु । जब मलाई ‘मुना’ पात्रको अफर आयो, म ज्यादै एक्साइटेड थिए । स्कुल भर्खरै सिध्याएकी । त्यहा पढेको कथामा अभिनय गर्न पाउने भए भनेर उत्साहित भए । त्यसको मुहूर्तसम्म म नै थिए । कागजी रूपमा एग्रिमेन्ट भने गरिएको थिएन । एक कलाकार आफूले पैसै नपाई मुहूर्त गर्नुपरेकामा गुनासो गर्दै हुनुहुन्थ्यो । मैले निर्माणपक्षलाई पहिला उहालाई दिनुस्, मलाई पछि दिए पनि हुन्छ भनेर पैसा फिर्ता गरे । मुहूर्त सट गरियो । यसै चलचित्रका लागि भनेर मैले गाउमा गएर कहिल्यै नगरेका काम गरे । गाई दुहुन, चामल केलाउन सिके । गाउले बुहारीले गर्नुपर्ने हरेक व्यवहार जाने । अफर आएका केही चलचित्र छाडी पनि दिए । पछि एक्कासि मलाई सो चलचित्रबाट हटाइएको सुने । यथार्थ थाहा पाउन नजिकको एक पत्रकार साथीलाई सोधे । उनले हो भने । मलाई झट्का लाग्यो । घरमा आएपछि हजुरआमाले भन्नुभयो, ‘त्यो लक्ष्मीपूजाको दिनको  पैसा तिमीले फिर्ता गर्नु हुदैनथ्यो ।’
भन्नै सकिनः यति बेला नेपाली चलचित्रको धारले लभस्टोरी विषयवस्तुलाई समातेको थियो । उमेर बढ्दै जाने क्रममा मलाई पनि यस्तै कथाले आकर्षण ग¥यो । लभमा परेको पात्रले गर्ने हरेक क्रियाकलाप मलाई यही चलचित्रले सिकायो । टिनएजरले लगाउने फेसन, मेकअपबारे बुझे । त्यो बुझाइ मलाई चलचित्रमा मात्र होइन, वास्तविक जीवनमा पनि निकै काम आइरहेको छ ।
माया नमारः यो मदन घिमिरेले निर्देशन गर्नुभएको चलचित्र हो । मलाई यसको संगीतले तानेको थियो । रमित ढुंगानाले मलाई कथाभन्दा पनि गीतै सुनेर फाइनल गरे हुन्छ भन्नुभयो । नभन्दै गीतै सुनेकै भरमा मैले यसमा काम गरे । साह्रै मीठो लाग्यो । गीतसंगीतको कारणले यो हिट पनि भयो । सिके– गीत पनि महŒवपूर्ण पक्ष रहेछ । यसकै भरमा पनि चलचित्र चल्दो रहेछ ।
आमाको आशीर्वादः यसमा मैले गाउले बुहारीको भूमिका गरेकी थिए । कुनै पनि महिला बिहे गरेर श्रीमान्को घर गएपछि के–कस्ता परिस्थितिको सामना गर्नुपर्छ भन्ने मैले यसबाट बुझे । दाइजो अनि सम्पत्तिको निहुमा सासूले बुहारी कुट्ने, श्रीमान्लाई कुरा लगाएर निकाल्न लगाउनेजस्ता विकृतिबारे थाहा पाए ।
दासढुङ्गाः यो चलचित्रको अफर आउदा ममा त्यति उत्साह थिएन । सोचेकी थिए– अरू कसैको जीवनीमा बन्ने चलचित्रमा मलाई मसलाकै रूपमा प्रयोग गरिने त होला नि † निर्माणपक्षलाई सोधे“ पनि । तर, उनीहरूले भने, ‘कहा मसला हुनु, यो त रिएल लाइफकै क्यारेक्टर हो ।’ कसैको वास्तविक जीवनकथामा बनेको चलचित्रमा नायिकाहरू सधै मसलाका रूपमा मात्र प्रयोग हुन्छन् भन्ने रहेनछ । यसबाट मेरो भ्रम टुट्यो । अनि बुझे– यस्ता वास्तविक कथामा काम गर्दा सम्बन्धित पात्रको वास्तविक चरित्रबारे पनि भिजेरै बुझ्न सक्नुपर्ने रहेछ ।
छोडिगए पाप लाग्लाः चञ्चले अनि चुलबुले पात्रमा कसैले नलिइदिएकाले त्यो स्वभाव नै आफूमा हराइसकेझै भएको थियो । त्यस्तो भूमिका गर्न सकुला जस्तो नै लागेको थिएन । तर, यसका निर्देशक उज्ज्वल घिमिरेले मलाई त्यस्तै रोलमा अभिनय गराएर यस्ता भूमिकाप्रति मेरो आत्मविश्वास जगाइदिनुभयो । मैले बुझे– इनोसेन्ट अनुहारभित्र पनि भरपुर चञ्चलेपन हुदो रहेछ । यो भूमिकाले मेरो जीवन अनि स्वभावै परिवर्तन गरिदियो ।
कोही मेरोः आलोक नेम्बाङले मलाई एउट कलरपुल चलचित्रमा अभिनय गराउनुभएछ । मैले बुझे– वास्तविक जीवनकै जस्तो अभिनय पनि चलचित्रमा गर्न पाइदो रहेछ । यो चलचित्रको भूमिकाभित्र म आफैलाई महसुस गरिरहेकी थिए ।
माया त माया होः सुन्ने गर्थें– पत्रकारले चलचित्र बनाए भने पैसा दिदैनन्, उल्टै लिन्छन् † चलचित्रका निर्माता विनोद अर्याललाई सोधे“– तपाईंले मलाई नै किन लिन लाग्नुभएको ? तिमी सिम्पल स्वभावकी भए पनि लिडर जस्तो लागेकाले लिन लागेको भन्नुभयो । मैले सोधे– निर्देशक को ? उहाले भन्नुभयो– तुलसी घिमिरे । मैले काम गर्ने निर्णय गरे । उहाले अभिनय मात्र होइन, सगै क्यामेरा र टेक्निकल ज्ञान पनि दिलाउनुहुदो रहेछ । यसअघिका चलचित्रमा यस्तो मौका कहिल्यै मिलेको थिएन ।
पर्खिराख हैः मैले अहिलेसम्म काम गरेको अन्तिम चलचित्र । निर्माता–निर्देशक सबै नया । सोचेकी थिए– पक्कै ट्युनिङ मिल्दैन, केही दिनमै टिम फुट्छ । तर, मेरो अनुमानविपरीत भयो टिम । यो टिमको व्यावसायिक व्यवहारले मलाई पूरै प्रभावित बनायो । सोचे– सबै नेपाली चलचित्र निर्माणमा यस्तै व्यावसायिक वातावरण भयो भने हामी पनि बलिउडजत्तिकै चलचित्र बनाउन सक्छौ ।
प्रस्तुतिः कुबेर गिरी

प्रतिक्रिया