आलुको अचारमा सुमीना लट्ठै

गृहिणीका रूपमा अभिनय गर्दा थुप्रै पटक ‘फिल्मी किचेन’ सम्हालिसकिन् होला नायिका सुमीना घिमिरेले । तर, आङ्खनै घरको भान्सा नियमित रूपमा सम्हाल्न छाडेको चाहि लामै समय भइसकेछ । ‘के गर्नु , भ्याइदै भ्याइदैन’, उनले भनिन्– ‘धेरैजसो त सुटिङतिर कुदिहाल्नुपर्छ, अरू बेला पनि मेलोमेसो नै मिल्दो रहेनछ ।’ त्यसो त उनलाई आङ्खनो भान्सामा तरकारी काट्न, कुकरको सिठी बजाउन मन नलागेको त कहा हो र ? यसो गर्न पाउदा आनन्द पनि निकै लाग्छ रे फेरि पनि तगारो बन्छ त उही व्यस्तता । भनिन्– ‘मलाई आङ्खनो भान्सा साह्रै प्यारो लाग्छ, त्यसैले त ‘मिस’ गरिरहन्छु, पहिले–पहिले त प्रायः म नै खाना बनाउथे ।’
बिहान उठ्नासाथ एक गिलास तातो पानी पिउनु उनको अनिवार्य दैनिकी हो । त्यसपछि मात्र सुरु हुन्छ चियाको तलतल । भगवान्को दर्शन गर्छिन् अनि लाग्छिन् क्लबतिर । सौन्दर्यशाली नायिका जो परिन्, शरीर फिट त राख्नु परी नै हाल्यो । बाटामा देखेका हरेक भगवान्को दर्शन नगरे उनलाई के नपुगे के नपुगेझै लाग्छ रे  बिहानको समय लगभग क्लबमै बित्छ । अनि कहाबाट भान्सामा छिर्न भ्याउनु । ‘बहिनी निकै सहयोगी छे’, उनले भनिन्– ‘उसैले सम्हाल्छे भान्छा पनि ।’ फुर्सदका दिनमा चाहि“ भान्सा सुमसुम्याउन पाउने अवसर खेर फाल्दिनन् रे
उनका अनुसार खानामा त्यस्तो विशेष सोख राख्दिनन् । सफाचाहि चाहिन्छ, जे भए पनि हुन्छ । पकाउने आइडिया उति धेरै छैन, आउदै नआउने पनि होइन । चिटिक्क र सफा भान्सा नै रोज्छिन् । कसैले तिमी योचाहि परिकार मीठो बनाउछ्यौ नभनिदिए पनि पकाउन सुरु गरिसकेपछि तरकारीचाहि आफूले मीठै बनाउने दाबी गरिन् उनले । आलुको परिकार उनको रोजाइमा पर्छन्, यही नै उनी मीठो पनि बनाउ छिन् रे ‘अझ आलुको अचार त मेरो फेब्रेट नै हो, जहा जादा पनि पिरो आलु देख्दा मन थाम्नै सक्दिन, मुखबाट पानी आइहाल्छ’, आङ्खनो रुचि प्रस्ट्याइन् उनले ।
उनको भान्से जिम्मेवारीमा खाना डढेका घटना भने प्रशस्तै रहेछन् । एकचोटि खसीको मासु पकाउदै थिइन् उनी । भसक्कै डढिहालेछ । खानै नमिल्ने गरी अगारै भएछ ।  बल्ल थाहा पाइन्– खाना पकाउदा समयको ख्याल कत्तिको गर्नुपर्दो रहेछ भनेर । हिजोआज त्यति डढाउ दिनन् रे  तर तरकारी काट्दा हात भने काटेका काट्यै गर्दी रहिछन्, हिजोआज पनि । सानामा स्वस्थानी पूजाका लागि रोटी पकाउदा हातमुख सबै डढेको थियो रे  मुखभरि पनि फोकैफोका । ‘पहिला त हामी खुब पकाउथ्यौ नि’ –हास्दै सुनाइन् सुमीनाले– ‘दिदीलाई भान्साको काममा निकै सघाउथे ।’
कस्ता भाडा प्रयोग गर्ने भन्नेमा न उनलाई कुनै सोख छ न त आइडिया । तर, पनि सकेसम्म कासकै थाल होस् भन्नेचाहि लाग्दो रहेछ । उनको भान्सामा चाहि सबै खाले भा“डा प्रयोग भएका छन् । घरबाहिर सुटिङमा जादा जब भोकले चुर हुन्छिन्, तब घरको खाना खुबी मिस गर्छिन् उनी । आमाले पकाएको खाना झलझली याद आउछ ।
बिदामा घर बस्दा के खाना बनाउने भन्ने उनको मुडमा भर पर्दो रहेछ । आलुको अचारमा भटमास हालेर साधेको त छदै छ । घरमा साथीभाइलाई खाना खान भनेर कमै बोलाउ“छिन्, अरूकामा पनि उति सारो जान्नन् । ‘म अलि घुलमिल हुन सक्दिन’, उनले सुनाइन्– ‘मेरा साथी उनको भान्से जिम्मेवारीमा खाना डढेका घटना भने प्रशस्तै रहेछन् । एकचोटि खसीको मासु पकाउँदै थिइन् उनी । भसक्कै डढिहालेछ । खानै नमिल्न गरी अँगारै भएछ । बल्ल थाहा पाइन्– खाना पकाउँदा समयको ख्याल कत्तिको गर्नुपर्दो रहेछ भनेर । हिजोआज त्यति डढाउँदिनन् रे †

प्रतिक्रिया