एउटी आमा, हजारौं सन्तान

‘आमा अब त खाना खानु न ’ एउटा सानो बच्चालाई इन्दिरा रानामगर भोकै बसिरहेको देखेर चिन्ता लागेछ । तर, इन्दिराको बेफुर्सदी छ नै त्यस्तै । त्यसो त उनी यो एउटा मात्रै बच्चाकी आमा कहा हुन् र ? उनलाई आमा भनेर माया गर्नेहरू अहिलेसम्म हजारभन्दा बढी नाघिसकेका छन् ।
मान्छेहरू अपराध गरेर वा गराइएर जेलमा कैदी हुन पुग्छन् । सगसगै उनीहरूका नाबालक सन्तानको बाल्यकाल कष्टकर हुन पुग्छ । कति बच्चा जेलभित्रै पनि जन्मन्छन् । त्यस्ता बच्चाको पीडाले नराम्ररी घोच्छ इन्दिरालाई । के गरौं र कसो गरौं हुन्छ । अनि तिनीहरूको सुसार गर्न थालिहाल्छिन् । तिनीहरूको भविष्य सपार्ने अभियानमा छिन् । कुनै बेला जन्मेर दुई दिन मात्रै भएको बच्चा पनि सम्हालेकी छन् रे उनले † भन्छिन्– ‘त्यस्ता बच्चा देख्नेबित्तिकै ममा मातृवात्सल्य उम्लिन थाल्छ । उनीहरूमा प्रशस्तै सम्भावना देख्छु । उनीहरूको लालनपालन र उच्चशिक्षामा आङ्खनो जिम्मेवारीबोध पनि गर्छु ।’
अहिले ४० वर्षकी भइन् इन्दिरा तर सन्तानचाहि  ३० वर्षका भइसकेको सुनाउ छिन् – ‘एउटी छोरी त स्टाफ नर्स भइसकी । बेलाबेलामा भेट्न आउछे ।’ यस्तो भावनाका लागि आङ्खना प्रेरणास्रोत साहित्यकार पारिजात र ङ्खलोरेन्स नाइटिङ्गेल रहेको इन्दिराले बताइन् ।
उनले थपिन्– ‘मैले सानामा पढ्न पाइन, यो मेरो सपना थियो । मेरोजस्तो इच्छा–चाहना अरू बालबालिकाको पनि हुन्छ र उनीहरूलाई त्यो अवसर दिलाउनुपर्छ भनेर मलाई आङ्खनै मनले प्रेरित गर्‍यो । त्यसमाथि कैदीका छोराछोरीको यसमा के दोष कि आमाबाबुले गरेको अपराधका कारण उनीहरू पढ्नबाटै वञ्चित भएर बस्न परोस् ।’
२२ वर्ष भएछ इन्दिराले जेलबाट बच्चा निकालेर पढाउन थालेको । त्यति बेला चुनौती मोलेरै यो अभियान सुरु गरेकी रहिछन् । कतिपय जेलरले उनलाई पनि कैदीकै जस्तो व्यवहार गरे रे त्यसो त कतिपय सहयोगी पनि भेटिएकै हुन्, नत्र कसरी सफल हुन्थिन् र ? उनले सुनाइन्– सुरुमा एउटा बच्चा निकालेर आङ्खनै डेरामा राखेर काम सुरु गरे । त्यसपछि सेन्टर जेल र भद्रगोल जेलबाट गरी ३६ जनालाई उद्धार गरेकी थिए, त्यति बेला जेलका बच्चाबारे सोच्ने मानिस नै थिएनन् भन्दा पनि हुन्छ ।’
झापा शनिश्चरे–७ सालबारीमा जन्मेकी इन्दिराकी आमा अलि विद्रोही स्वभावकी थिइन् रे  आमाको दोस्रो बिहेपछि आफू जन्मेको उनले सुनाइन् ।  इन्दिराको प्रयास अब अभियान बनिसकेको छ । संस्थागत रूप धारण गरिसकेको छ– पिए नेपालका नामबाट । उनी यहाकी अध्यक्ष हुन्, जहा विभिन्न उमेरसमूहका बच्चाका लागि त्यहीअनुरूपको वातावरण छ । जो यहा पढेर–बसेर सक्षम भए, उनीहरूले आङ्खनैजस्तो विगतका नया बच्चाहरूलाई सहयोग गर्ने गरेका रहेछन् । ‘घरको न्यानो पाएका छन् यी सबै छोराछोरीले यहा’, इन्दिराले सुनाइन्– ‘त्यसैले त उच्चशिक्षापछि पनि यही स्वयंसेवक भएर बस्न रुचाउछन् ।’
अहिले उनीहरूलाई राख्ने होस्टेल तीन ठाउमा छ– साखु, भक्तपुर दरबार स्क्वाएर र सोह्रखुट्टेमा । स्कुलचाहि चार ठाउमा छन् रे– झापा, विराटनगर, साखु र पाल्पामा । त्यहा उच्चशिक्षाका साथै सीपमूलक तालिम पनि उपलब्ध गराउ छिन् इन्दिरा । विद्यार्थी बी फार्मेसीसहित होटेल म्यानेजमेन्ट पनि पढ्न पाइरहेका छन् । कहिलेकाही सोध्छन् रे– ‘आमा  हाम्रो बाबाचाहि खोइ नि ’ इन्दिरा ढाट्छिन् रे– ‘तिमीहरू सबैले मलाई आमा बनाएपछि छाडेर हिडे ।’  भोगाइ अनि अप्ठ्यारा जे–जस्ता भए पनि यी सन्तानले इन्दिरालाई कहिल्यै एक्लिन दिएका छैनन् । जसरी इन्दिरा उनीहरूको सहारा बनिन्, उनीहरू पनि इन्दिराका सहारा बनेका छन् । त्यसैले त भन्छिन्– ‘आत्मादेखि नै यी सबै आफैलेले जन्माएका छोराछोरीजस्तो अनुभूति भइरहन्छ ।’

प्रतिक्रिया