महोत्सवमा नाटक देखाइने

बाग्लुङ : हिजो १३ देखि २१ चैतसम्म सञ्चालन हुने तेस्रो बाग्लुङ महोत्सवका अवसरमा अधुरो सपना शीर्षकको नाटक प्रर्दशन गरिने भएको छ । नवरस कला मन्दिरले हालै बाग्लुङमा पत्रकार सम्मेलन गरी महोत्सव अवधिभर दैनिक दुई सो प्रदर्शन गरिने जानकारी गराएको छ । युवामा देखिएका विकृति, विसंगति र समसामयिक विषयमा केन्दि्रत कथामा आधारित सो नाटक बालमन्दिर सभाहलमा मञ्चन गरिने नाटकका लेखक सज्जनकुमार सिंहले जानकारी गराए ।
बाग्लुङका ४० भन्दा बढी स्थानीय कलाकारको अभिनय रहने सो नाटक १० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको निर्देशक निर्मल जिसीले बताएका छन् ।

प्रतिक्रिया