जहाज छिटो खरिद गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमका लागि हवाई जहाज खरिद गर्ने सम्वन्धी बिषयमा चासो देखाउदै छिटो जहाज खरिद गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको बैठकमा प्रधानमन्त्री भट्टराईले छिटो भन्दा छिटो जहाज खरिदमा भइरहेको ढिलाई र अलमलको प्रक्रियार्लाइ हटाउन निर्देशन दिएका छन् । उनले झन्झटिलो प्रक्रियालाई हटाएर छिटो जहाज खरिद गर्न सरोकारवालाई सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भर्ने जहाज किन्नका लागि सवै प्रकारका वाधा अड्चन हटाउने तर्फ सरकार लाग्ने भट्टराईले बताएका छन् ।

जहाज खरिदको विषयमा सर्वोच्च अदालतमा लामो समयदेखि थाति रहेको मुद्धा छिटो किनारा लगाईदिन सर्वोच्च अदालतलाई अनुरोध गर्ने बारेपनि प्रधानमन्त्रीले सरोकारवाला कार्यालय र मन्त्रालयलाई आश्वासन दिएका थिए ।

सरकारले गत बर्षको बजेट भाषणमा २ वटा ठूला जहाज किन्ने घोषणा गरेको थियो । पछि विभिन्न कारणवस त्यो प्रक्रिया अवरुद्ध भएको थियो ।

प्रधानमन्त्री भट्टराईसँगको बैठकमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टमगर, भौतिक योजना तथा पूनः निर्माण मन्त्री ह्दयेश त्रिपाठी, एकीकृत माओवादीका सभासद नारायण दाहल, एमाले सभासद रविन्द्र अधिकारी, मुख्य सचिव माधव घिमिरे, पर्यटन, अर्थमन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया