व्यापार घाटा सवा दुई खर्ब

काठमाडौ, १२ चैत । चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा दुई खर्ब १२ अर्ब ३६ करोड रुपिया पुगेको छ । यो अघिल्लो वर्षको भन्दा १७ दशमलव ६ प्रतिशतले बढी हो ।  लगानी मैत्री वातावरणको अभावमा नेपालमा औद्योगिक उत्पादन कम हुदा व्यापार घाटा बर्सेनि चुलिदै गएको हो । अन्योलग्रस्त राजनीतिक वातावरण, श्रमसमस्या, ऊर्जा समस्यालगायतका कारण जेनतेन चलेका उद्योगहरूले पनि पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन् । यसरी नै व्यापारघाटा चुलिदै गए आवको अन्त्यसम्म नेपालको व्यापारघाटा कुल बजेटको आकारभन्दा पनि बढी हुने विज्ञहरूले दाबी गरेका छन् । चालु आवको कुल बजेट तीन सय ६ अर्ब २७ करोड रुपिया रहेको छ ।
चालु आवको माघ महिनासम्म नेपालले कुल दुई सय ५४ अर्ब ९५ करोड रुपिया“को सामान आयात गरिसकेको छ । यो अघिल्लो वर्षको भन्दा १६ दशमलव नो प्रतिशतले बढी हो । सोही समयमा नेपालले ४२ अर्ब ५९ करोड रुपिया बराबरको निर्यात गरेको छ । नेपालको कुल निर्यात गत आवको माघ महिनाको तुलनामा १३ दशमलव चार प्रतिशतले बढी हो । आयात व्यापारमा भएको उच्च वृद्धिका कारण नेपालको कुल निर्यात रकमले कुल आयातको १६ दशलमलव सात प्रतिशत रकममात्र धान्न सकिने अवस्था रहेको छ । गत वर्ष निर्यात आयात अनुपात १७ दशमलव दुई प्रतिशत रहेको थियो ।

शोधनान्तर स्थिति बचतमा
सात महिनामा अहिलेसम्मकै रेकर्ड स्थापित गर्दै शोधनान्तर स्थिति ७५ अर्ब नौ करोड बचतमा रहेको छ । शोधनान्तर स्थिति नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको फरक हो । वैदेशिक रोजगारमा गएका मानिसले विप्रेषणबापत पठाएको रकम एवम् पर्यटन आयमा भएको वृद्धिका कारण नेपालको शोधनान्तर स्थितिमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पहिलो सात महिनामा विप्रेषण आयतमा साढे ३५ प्रतिशतले वृद्धि भई एक सय ८८ अर्ब १९ करोड रुपिया“ पुगेको छ । चालु आवको माघ महिनासम्म सेवा आम्दानीमा ३५ प्रतिशतले वृद्धि भएको छ भने सेवा खर्चमा १५ प्रतिशतले कमी आएको छ । सेवा खाताको मुख्य अंशका रूपमा रहेको पर्यटन आयमा पहिलो सात महिनामा २८ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने सेवा खर्चस्वरूप बाह्य भ्रमण खर्च २७ दशमलव दुई प्रतिशतले कमी आएको छ भने शिक्षामा खर्च हुने विदेशी मुद्रामा पनि २४ दशमलव नौ प्रतिशतले कमी आएको छ । पहिलो सात महिनामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ३९ करोड १२ लाख डलर भित्रिएको छ ।
मूल्यवृद्धि एकल अङ्कमै
राष्ट्र बैंकले प्रक्षेपण गरेकै सात प्रतिशत विन्दुमा मूल्यवृद्धि पुगेको छ ।  गत वर्ष करिब १० प्रतिशतको हाराहारीमा रहेको मूल्यवृद्धि सो विन्दुमा झर्नुमा भारतमा खाद्यपदार्थको मूल्य घट्नु प्रमुख कारण हो । सात महिनासम्म खाद्यपदार्थको मूल्यवृद्धि चार दशमलव एक प्रतिशत र गैरखाद्य पदार्थको मूल्यवृद्धि नौ दशमलव ६ प्रतिशत रहेको छ ।
बजेट खर्च न्यून
राजस्व परिचालनको तुलनामा पहिलो सात महिनामा बजेट खर्च न्यून रहेका कारण बजेट १९ अर्ब ४५ करोड रुपिया“ले बचतमा रहन पुगेको छ । सरकारले दैनिक कार्य सञ्चालनका लागि गरिने चालु खर्चबापत एक सय १० अर्ब ५७ करोड रुपिया“ खर्च गरेका छन् भने विकास निर्माणस“ग सम्बन्धित पु“जीगत खर्चका लागि १० अर्ब ६७ करोड र अन्य वैदेशिक ऋण भुक्तानी गरी कुल एक सय ३८ अर्ब ४३ करोड रुपिया“ खर्च गरेका छन् ।

प्रतिक्रिया