मेसीका थप दुई कीर्तिमान

म्याडि्रड, १२ चैत । अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेसीले विश्वप्रसिद्ध स्पेनी फुटबल क्लब बार्सिलोनाका लागि एक साता नबित्दै एकैदिन दुई कीर्तिमान बनाएका छन् । शनिबार मालोर्काविरुद्ध खेलेर मेसीले स्पेनिस लिग ‘ला लिगा’मा बार्सिलोनाबाट सबैभन्दा बढीपटक खेल्ने विदेशी खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् ।
नेदरल्यान्ड्सका पूर्वमिडफिल्डर फिलिप कोकुको नाममा रहेको २ सय ५ पटकको कीर्तिमानलाई मेसीले बराबरी गरेका हुन् । यसअघि कोकुकै नाममा रहेको बार्सिलोनाबाट सबैभन्दा बढीपटक खेल्ने विदेशी खेलाडीको कीर्तिमान मेसीले तोडिसकेका छन् । सबै प्रतियोगितामा गरी बार्सिलोनाका लागि कोकुले २ सय ९२ पटक खेलेका थिए ।
मालोर्काविरुद्ध नै गोल गरेर उनले एकै सिजनमा बार्सिलोनाका लागि सर्वाधिक लिग गोल गर्ने अर्को कीर्तिमान तयार गरे । उनले ब्राजिलियन रोनाल्डोको नाममा रहेको सो कीर्तिमान तोडेका हुन् । मेसीले स्पेनिस लिगमा ३५ गोल गरिसकेका छन् । रोनाल्डोले सन् १९९६/९७ को स्पेनिस लिग सिजनमा बार्सिलोनाका लागि कीर्तिमानी ३४ गोल गरेका थिए । पूर्वविश्व्ा फुटबल महासंघ -फिफा) वर्ष खेलाडीसमेत रहेका रोनाल्डोको नाममा रहेको एक क्लब कीर्तिमान यसअघि नै मेसीले तोडिसकेका छन् । गत सिजनमा ५३ गोल गर्दै बार्सिलोनाका लागि एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान मेसीले आफ्नो नाममा लेखाएका थिए । यसअघि रोनाल्डोको नाममा रहेको ४७ गोलको सो कीर्तिमान मेसीले सन् २००९/१० को सिजनमा नै बराबरी गरेका थिए । मेसीले आफ्नो यस नयाँ कीर्तिमानलाई बलियो बनाउने सम्भावना पनि त्यत्तिकै छ । लिगमा बार्सिलोनाले अझै करिब एक दर्जन खेल खेल्न बाँकी छ ।
यसअघि गत साता मात्र २४ वषरय मेसी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडी बनेका थिए । त्यस्तै फागुनको मध्यतिर वायर लेभरकुसनविरुद्ध पाँच गोल गर्दै मेसी युरोपियन च्याम्पियन्स लिग फुटबलमा एउटै खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका थिए । मेसी लगातार तीनपटक विश्व फुटबल महासंघ -फिफा) वर्षखेलाडी भइसकेका छन् र कीर्तिमानी चौथोपटक बन्ने क्रममा छन् ।

घट्दो दूरी रोक्न रियल सफल
लगातार दुई खेलमा भएको खराब प्रदर्शनपछि स्पेनिस लिगमा शनिबार जित हात पार्दै रियल म्याडि्रडले दोस्रो स्थानको बार्सिलोनासँगको घट्दो दूरीलाई रोकेको छ । पछिल्ला दुई खेलमा बराबरीको नतिजा व्यहोरेको रियलको बार्सिलोनासँगको दूरी चार अंकले घटेर हाल छ अंकमा आइपुगेको थियो ।
लिगको पछिल्लो खेलमा रियल म्याडि्रडले रियल सोसिड्याडलाई ५-१ ले हरायो । जितपछि रियल म्याडि्रडको २९ खेलबाट ७५ अंक भयो भने समान खेलपछि बार्सिलोनाको ६९ अंक छ । सोही दिन भएको अर्को खेलमा बार्सिलोनाले मालोर्कालाई २-० ले हरायो ।
रियलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले समान दुई गोल गरे । थप गोल गोन्जालो हिग्विइनको नाममा रह्यो । लिओनेल मेसीले बार्सिलोनाका लागि सर्वाधिक गोलकर्ताको लिग कीर्तिमान बनाएका दिन रोनाल्डोले भने स्पेनिस लिगमा सबैभन्दा छिटो १ सय गोल पूरा गर्ने कीर्तिमान बनाए । रोनाल्डोले ९१ खेलमा १ सय गोल पूरा गरेका हुन् । यसअघि म्याडि्रडकै पूर्वखेलाडी प|mेन्क पुस्कासले १ सय ५ खेलमा १ सय गोल पूरा गरी स्पेनिस लिगमा कीर्तिमान बनाएका थिए ।

एसी मिलानलाई सात अंकको अग्रता
साविक विजेता एसी मिलानले शनिबार रोमालाई २-१ ले हराउँदै इटालियन सेरी ए फुटबलमा दोस्रो स्थानको युभेन्ट्ससँगको अंक दूरीलाई सात अंकले फराकिलो बनाएको छ । २९ खेलबाट एसी मिलानको ६३ अंक भयो । २८ अंकबाट युभेन्ट्सको ५६ अंक छ । एसी मिलानको पछिल्लो जितमा जिलातान इब्राहिमोभिक नायक बने । खेलमा १-० ले पछि परेर पनि इब्राहिमोभिकले एसी मिलानलाई खेलमा फर्काएका थिए । विजयी टोलीका लागि दुवै गोल इब्राहिमोभिकले गरेका हुन् ।

म्यान सिटी शीर्षस्थानमा
इङलिस पि्रमियर लिग फुटबलमा यो सिजन लामो समय शीर्षस्थानमा रहे पनि केही खेलमा खराब प्रदर्शनपछि हच्किएको म्यानचेस्टर सिटी उपाधि होडमा र्फकने प्रयास गरिरहेको छ । शनिबार स्टोक सिटीसँग बराबरीमा रोकिएपछि एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडसँगै सिटीको पनि ७० अंक भएको छ । पछिल्लो खेलमा म्यान सिटी चेल्सीलाई २-१ ले हराउँदै उपाधि होडमा फर्किएको थियो । लिगअन्तर्गतकै अर्को खेलमा लिभरपुलले हार व्यहोर्दै खराब प्रदर्शनको क्रमलाई रोक्न सकेन । लिभरपुल लिगको कमजोर टोली विगानसँग २-१ ले पराजित भयो ।

प्रतिक्रिया