आयो गर्मी फैलियो डिहाइड्रेसन

केही सातायता राजधानीलगायत देशैभरि तापक्रम वृद्धि हुदै गएको छ । यससगै मानिसलाई काम गर्न जागर नआउने, शरीर सुख्खा हुने, टाउको दुख्ने, हातखुट्टा बाउडिने, मांसपेशी दुख्नेजस्ता समस्या देखिन थालेको छ । गर्मीको सुरुआतसगै अस्पताल तथा स्वास्थ्यसंस्थामा यस्ता समस्या लिएर आउनेको सङ्ख्या पनि वृद्धि भइरहेको चिकित्सकहरू बताउछन् ।
गर्मीसगै शरीरमा पानीको मात्रा कम हुदै जानुलाई डिहाइड्रेसन भनिने चिकित्सकहरू बताउ छन्  । अहिले यो समस्या बढ्दै गएको वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. भूपेन्द्र बस्नेतले बताए । उनका अनुसार यसका कारण खान मन नलाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, बेहोस हुने, कमजोर हुने, अचानक रिगटा लाग्ने, मांसपेशी, हातखुट्टा बाउडिनेजस्ता समस्या आउछन् । ‘तापक्रमका कारण मानिसको शरीरबाट पानीको मात्रा धेरै बाहिरिन्छ’, डा. बस्नेतले भने, ‘आवश्यक पानीको मात्रा नहुदा शरीरका कोष सुख्खा हुदै जान्छन्, आखा गाडिदै जाने, जलवियोजन भएर मानिस बेहोस हुने पनि हुन सक्छ । मानिसलाई पेट तथा पाचनप्रणालीसम्बन्धी समस्याले पनि अत्यधिक सताउन सक्ने उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्मीको तातोसगै धेरैमा डिहाइड्रेसन समस्या सुरु हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यको बिशेष ख्याल राख्नु जरुरी छ । सङ्गठनले डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउन सुझाएको छ । ‘स्वस्थ रहन मानिसले प्रशस्त मात्रामा स्वच्छ पानी पिउनुपर्छ’, सङ्गठनले आङ्खनो अध्ययन प्रतिवेदनमा भनेको छ– ‘दैनिक चार लिटर शुद्ध पानी पिउने बानी बसाल्न सके पाचनसम्बन्धी अधिकांश रोगबाट मुक्त हुन सकिन्छ भने शरीरका अन्य अङ्गमा हुने समस्याबाट पनि बच्न सकिन्छ ।’ चिकित्सकहरूका अनुसार आवश्यक मात्रामा पानी नपिउदा मस्तिष्क खुम्चिन थाल्छ र शरीरमा समस्या उत्पन्न हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुसन्धानले पनि शरीरमा पानीको कमी हुदा मस्तिष्कको कामकाजमा असर गर्ने पत्ता लगाएको छ । ‘पानीको कमीका कारण्ँ मस्तिष्कले सूचना बुझ्न र त्यसअनुसारको प्रतिक्रिया दिनसमेत बढी समय लगाउछ र समस्या उत्पन्न गराउछ’ सङ्गठनले गरेको अनुसन्धानमा उल्लेख छ ।
धेरैजसो मानिस शरीरलाई चाहिने पर्याप्त पानी पिउदैनन् र यस्ता समस्यामा पर्ने गर्छन् । श्वासप्रश्वास, काम गर्दा, हिडडुल गर्दा, पसिना, पिसाबलगायत माध्यमले मानिसको शरीरबाट पानी बाहिरिने गर्छ । डा. बस्नेतका अनुसार पानी पिइरहनुपर्छ भन्ने ज्ञान भएकाहरूले पनि हेलचेक्र्याइ“ गर्ने गरेका छन् । ‘दिनभरि कार्यालय वा घरमा काम गर्दा अधिकांश मानिस प्यास नलाग्दासम्म पानी नै पिउ“दैनन् । खाना खाने बेला मात्र पानी पिउने पनि धेरै छन्’, डा. बस्नेतले भने– ‘यसले मानिसमा जलवियोजन भई पेट, आन्द्रा, मिर्गौलासम्बन्धी तथा अन्य गम्भीर समस्या आउने गरेका छन् ।’ उनका अनुसार डिहाइड्रेसनले मानिसमा धेरै रोग निम्त्याउने भएकाले प्रशस्त मात्रामा पानी पिउनु नै उत्तम छ । पानी धेरै भएका फलफूल काक्रा, खरबुजा, भुइकटहर, मुला खानु राम्रो हुन्छ । ‘गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ,’ डा. बस्नेतले भने, ‘जसका कारण पानी बाहिरिदा मान्छेमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ ।’
चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीमा बस्नेले तिर्खा लागेपछि मात्र पानी पिउला भनेर बस्नुहुदैन । तिर्खा लाग्दासम्म शरीरको पानी पूरै सिद्धिसकेको हुने भएकाले समय–समयमा पानी पिइराख्नुपर्छ । गर्मीमा जुसलगायत तरल पदार्थ प्रशस्त मात्रामा पिउनु पनि उत्तम हुने चिकित्सकहरू सुझाउ छन् ।
डिहाइड्रेसनबाट बच्न
– घामबाट जोगिने
– शीतलबाट हिड्ने र छाता ओढ्ने
– पानी तथा झोल पदार्थ प्रशस्त पिउने
– चिया, कफी र अल्कोहल नखाने
– सकेसम्म मौसमी फलफूल र तरकारी मात्र खाने
– बढी चिल्लो, पिरो र नुनिलो खाना नखाने
– बासी खाना नखाने
– चिसोपानीले नुहाउने
– समय–समयमा निधार र घाटीमा चिसो कपडा राख्ने
– खाना खान रुचि नभए जबरजस्ती नखाने
– यातायातमा उभिएर र कोचिएर यात्रा नगर्ने
– शरीर सुख्खा भयो भने चिकित्सककको सल्लाह लिने
– घरमा जीवनजल अनिवार्य रूपमा राख्ने
– पातलो, खुकुलो र हावा छिर्ने खालको कपडा लगाउने

प्रतिक्रिया