पिटरसन र डुमिनीको शतक

वेलिङटन, १२ चैत । एल्भिरो पिटरसनको सानदार ब्याटिङका बाबजुद दक्षिण अपि\का र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट बराबरीतर्फ मोडिएको छ । पिटरसनले १ सय ५६ तथा ज्याँ पल डुमिनीको १ सय ३ रन प्रहारपछि दक्षिण अपिकाले नौ विकेटको क्षतिमा ४ सय ७४ रन जोड्दै पारी समाप्तिको घोषणा गरेको हो । जवाफमा आइतबार तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले कुनै विकेट नगुमाई ६५ रन जोडेको छ ।
एक दिनअघि ९६ रनमा रहेका पिटरसनले ३ सय ३५ बलको सामना गर्दै १९ चौका र एक छक्का प्रहार गरे । खेलजीवनको तेस्रो टेस्ट शतक प्रहार गरेको उनले ज्याँ पल डुुमिनीसँग मिलेर तेस्रो विकेटका लागि २ सय रनको साझेदारी गरे । दुई वर्षपछि टेस्ट खेलमा फर्किएका डुमिनीले १ सय ८६ बलको सामना गर्दै १३ चौकाको सहयोगमा १ सय ३ रन जोडे । मार्क बाउचरले ४६ रन प्रहार गरे । न्युजिल्यान्डका मार्क जिलेस्पीले ३३.४ ओभर बलिङ गर्दै १ सय १३ रन खर्चेर ६ विकेट लिए । जिलेस्पीले तेस्रोपटक दक्षिण अपि|mकाविरुद्ध ६ विकेट लिएका हुन् ।
तेस्रो टेस्ट जित्दै शृंखला बराबरी गर्ने सम्भावना लगभग समाप्त भए पनि तेस्रो टेस्ट जोगाउन संयमपूर्वक ब्याटिङ गरेको न्युजिल्यान्डका ड्यानियल फ्लिनले ३५ तथा मार्टिन गुप्तिलले २८ रन जोडेका छन् ।

प्रतिक्रिया