कम्युनिस्ट सिद्धान्त र कम्युनिस्ट पार्टीहरू

नेपालमा थुप्रै कम्युनिस्ट पार्टी जन्मिएका छन् । ती सबै पार्टी आफूलाई सच्चा कम्युनिस्ट भएको दाबी गर्छन् । तर, सबैले के स्वीकार गर्छन् भने संसारभरका कम्युनिस्टको मार्गदर्शक सिद्धान्त माक्र्सवाद हो । समय, परिस्थिति र आङ्खनै देशको विशिष्टताका आधारमा अघि बढ्दै जाने क्रममा लेनिनवादको उदय भएको छ । चिनिया क्रान्तिको विशेषतामा माओका निश्चित मान्यताको विकास भएको छ । कोरियाली क्रान्तिको सन्दर्भमा जुछे विचारधाराका रूपमा अघि आएको छ । क्युबाको क्रान्ति र भियतनामलगायत मुलुकका क्रान्तिका आङ्खनै मौलिकता र भिन्न विशेषता छन् । त्यस्तै नेपाली क्रान्तिको मौलिक विशेषताको आधारमा जनताको बहुदलीय जनवादको विकास भएको छ ।
संसारभरका कम्युनिस्टको अन्तिम लक्ष्य साम्यवाद भएकाले सोही लक्ष्यका आधारमा उनीहरूले आङ्खनो पार्टीको नाम पनि साम्यवादी (कम्युनिस्ट) राखे । तर, अहिलेसम्म संसारका कुनै पनि देशमा साम्यवादको स्थापना भएको छैन । अक्टुबर क्रान्तिपछिको रूस र सन् १९४९ को जनवादी क्रान्तिपछिको चीनमा पनि साम्यवाद स्थापना भएको होइन । त्यहा साम्यवादी लक्ष्य अपनाएको पार्टीले सरकार निर्माण गरेको र साम्यवादलाई आङ्खनो अन्तिम गन्तव्यको रूपमा अपनाएर राज्य व्यवस्था सञ्चालन गर्न खोजेको मात्र हो । चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार चल्न थालेको पनि ७२ वर्ष भइसक्यो । तर, चीनले धेरै पहिलेदेखि आजसम्म पनि आङ्खनो मुलुक समाजवादको प्रारम्भिक चरणमा रहेको विश्लेषण गरिरहेको छ ।  कम्युनिस्टहरूको लक्ष्य समाजवाद हुदै सुदूरभविष्यको गन्तव्य साम्यवादमा पुग्नु हो । हाम्रो जस्तो देशमा लोकतान्त्रिक गणतन्त्र, जनवादी गणतन्त्र हुदै समाजवादतर्फ अघि बढ्ने हो । समाज विकासको क्रममा अनेक चरण र उपचरण पार गर्दै कम्युनिस्टहरू अघि बढ्दै जाने हो । हाम्रो जस्तो पछाडि परेको मुलुकमा समाजवादको लक्ष्यमा पुग्नका लागि विकासका अनेक उपचरण पार गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । समाजवादी एवम् साम्यवादी मान्यता र तत्कालीन वस्तुगत परिस्थितिबीचको ठूलो अन्तरका कारणले पार्टी र समाजभित्र अनेक सवालमा अन्योलता र अन्तरविरोध उत्पन्न हुने गर्छ ।
त्यसले गर्दा कम्युनिस्ट आन्दोलन कहिले उग्रवामपन्थतिर दौडन खोज्छ भने कहिले दक्षिणपन्थी भासमा फस्ने अवस्था आउछ । यी दुवै किसिमका भड्काउबाट जोगाउदै कम्युनिस्ट आन्दोलनलाई सही माक्र्सवादी मान्यताको आधारमा अघि बढाउन सक्नेले समाजमा देखापरेका समस्यालाई हल गर्दै अग्रगामी परिवर्तनको दिशामा अघि बढेका अनेकौ उदाहरण छन् । जर्मन दार्शनिक फायरवाखको विचारलाई खण्डन गर्ने सन्दर्भमा कार्लमाक्र्सले फायरवाखसम्बन्धी ११ बुदे संक्षिप्त टिप्पणी तयार पारेका छन् । त्यसमध्येको एघारौ बुदामा उनले ‘दार्शनिकहरूले दुनिया“को त धेरै व्याख्या गरे तर प्रमुख सवाल दुनिया बदल्नु हो’
भनेका छन् ।
माक्र्सको उपर्युक्त भनाइको सार हामीले जीवन र जगत्को व्याख्या गरेर मात्र पुग्दैन त्योभन्दा महत्वपूर्ण कुरा दुनियालाई बदल्ने विषयमा ध्यान दिनुपर्छ भन्ने देखिन्छ । यसरी विश्लेषण गर्दा कम्युनिस्ट आन्दोलन समाजलाई बदल्ने आन्दोलन हो । तर, यो बदल्ने काम वस्तुगत परिस्थितिको सापेक्षतामा मात्र सम्भव छ । लेनिनले ‘ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको गुदी हो’ भनेका छन् । उनको यो विश्लेषण अत्यन्त सटिक र माक्र्सवादको सारत्वमा आधारित छ । लेनिनले आङ्खनो समयमा त्यसबेलाको परिस्थितिको आधारमा तय गरेका नीतिहरू सधैका लागि उपयुक्त हुन्छन् भन्ने होइन । मूल कुरो त्यसबेलाको समाजमा देखापरेका तमाम अन्तरविरोधलाई ठीक किसिमले हल गर्नुपर्छ भन्ने उनको भनाइको सारत्व थियो । दुनियाको जुनसुकै लोकतान्त्रिक मुलुकमा लोकतन्त्रको नाउमा जस्तोसुकै काम गर्न पाउने स्वतन्त्रता हु“दैन । त्यहाको संविधान र नियमकानुनमा पनि गलत कुरामाथि प्रतिबन्ध हुन्छ र त्यस्तो प्रतिबन्ध लगाउनु अनिवार्य हुन्छ । त्यस्तै एउटा परिस्थितिमा जुन तरिकाले अघि बढ्न सकिने अवस्था रहन्छ अर्को परिस्थितिमा त्यो तरिकालाई बदल्नुपर्ने अनिवार्यता हुन्छ । कुनै समय ठीक ठानिएको नीति, तरिका र उपाय परिवर्तित अवस्थामा गलत हुन सक्छ ।
माक्र्स, एङ्गेल्सले ‘हाम्रो सिद्धान्त कुनै जडसूत्र होइन बरु कामका लागि मार्गदर्शन हो’ भनेका छन् । तत्कालीन परिस्थितिमा जुन नीति र विचारले त्यसबेलाको कामलाई अघि बढाउने सवालमा कुनै समाधान दिन सक्तैन भने त्यो माक्र्सवाद हुदैन । माक्र्सवादी सिद्धान्त गतिशील सिद्धान्त हो । जुन सिद्धान्त गतिशील छैन त्यो माक्र्सवाद हुदैन, जुन पार्टीमा सिर्जनशीलता, नवीनता र गतिशीलता छैन त्यो कम्युनिस्ट पार्टी हुन सक्दैन । कम्युनिस्टहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गरी समय र परिस्थितिको सापेक्षतासगै अघि बढ्न खोज्दा उनीहरूले संसार हल्लाउने ठूलाठूला सफलता प्राप्त गरेका छन् ।
माक्र्सले हेगेलको दर्शनको खण्डन गर्दै अनेक रचना तयार पारेका छन् । हेगेलका विचारको खण्डन गर्दै माक्र्सले ‘कुनै पनि सिद्धान्त त्यही हदसम्म सफल मानिन्छ, जुन हदसम्म त्यसले जनताका आवश्यकता पूरा गर्न सक्छ’ भनेका छन् । यसरी माक्र्सले आङ्खनो सिद्धान्तलाई जनताको जीवनस“ग जोडेका छन् । संसारका सामन्ती, प्रतिक्रियावादी, साम्राज्यवादी र पुजीवादी शक्तिहरू प्रायः हिंसाकै आधारमा सत्तामा आउने र आमजनतामाथि शासन गर्ने गर्छन् । उनीहरूले कम्युनिस्टलाई हिंसाको पर्यायको रूपमा चित्रित गर्ने गरे पनि संसारमा आजसम्मका हिंसा र नरसंहारको हिसाब गर्ने हो भने कम्युनिस्टविरोधीले गरेको हिंसा कैयौ गुणा बढी छ । संसारका जनताले बाध्यता र अनिवार्य अवस्थामा मात्र हतियार उठाएका छन् ।
माक्र्स, लेनिन, माओत्सेतुङलगायत विभिन्न कम्युनिस्ट विद्धान् र नेताले हिंसात्मक सङ्घर्षलाई बाध्यात्मक परिस्थितिको उपज भनेका छन् । समाजलाई शान्तिपूर्ण तरिकाबाट रूपान्तरण र जनतामाथि भएको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनलाई अन्त्य गर्न शान्तिपूर्ण परिवर्तनको विषयलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने कुरामा विश्वका अधिकांश कम्युनिस्ट नेताको प्रस्ट धारणा रहेको पाइन्छ । माक्र्सले सबैभन्दा बढी लोकतान्त्रिक कुरामा जोड दिएका थिए । लेनिनले शान्तिपूर्ण परिवर्तनको एक प्रतिशत मात्रै सम्भावना भए पनि त्यसलाई उपयोग गर्न चुक्नु हुन्न भनेका छन् । किनकि आमजनता युद्ध होइन शान्ति चाहन्छन् भन्ने कुरा उनले उल्लेख गरेको पाइन्छ । रूसी क्रान्तिको प्रक्रिया अघि बढाउने क्रममा लेनिनले कहिले विद्रोह, कहिले निर्वाचन, कहिले चुनाव बहिष्कार, कहिले हिंसात्मक र गैरकानुनी सङ्घर्ष त कहिले शान्तिपूर्ण र कानुनी सङ्घर्षमा जोड दिएको पाइन्छ ।

प्रतिक्रिया