नरोई बस्नु काठमाडौ

प्रिय काठमाडौ, अब म तिमीबाट छुट्टिएर घर फर्कंदै छु । तिमीबाट छुट्टिनु पर्दा म साह्रै दुःखी छु । यो मुटुभरि पीडा छ, अनि मनभरि तिम्रै माया छ । गाउले जीवन लिएर आएकी म तिम्रै माया र ममता पाएर आङ्खनो अध्ययन पनि सकेकी छु । गाउबाट आउदा म आफूलाई निक्कै विद्वान् ठान्थे तर त्यो होइन रहेछ । मैले त जान्न र सिक्न धेरै रहेछ । तिमीले मलाई एक्लै सङ्घर्ष गरेर पनि बाच्न सिकायौ । सङ्घर्ष गर्न मात्र होइन समयको बहावसगै हिड्न सिकाएर कर्तव्यको पाठ घोकायौ ।
गाउमा खेतबारी र घासदाउरामा बितेको मेरो जीवनमा आज तिमीले बहार ल्याइदिएका छौ । मैले भन्नै बिर्सिएछु, सुरुमा गाउमा गुन्दु्रक, ढिडो खाएर लिएको कमजोर शिक्षासग मलाई तिम्रा पिज्जा र बर्गर खाएर हुर्केका छिमेकीस“ग लड्न लगएका थियौ । म धेरैपटक उठ्नै नसक्ने गरी पछारिएकी पनि थिए । त्यतिबेला म भक्कानिदै रुनु पर्‍यो । समयसगै बिस्तारै तिमीले मलाई बुझ्दै गएर साथ दियौ । ढिलै भए पनि एउटा असल साथी बनाएकामा खुसी छु । तर, हेर न व्यापारीले ग्यास लुकाएपछि १० १५ दिनदेखि हामी गरिब जनतालाई भोकभोकै सुत्न विवश बनायौ । मह“गीले त ढाडै सेकायौ । जागिरका लागि भनेर सहरका गल्ली–गल्ली चहार्न लगायौ । हेर, मेरो गाउमा त कुनै घरकी एउटी हजुरामा पूरै गाउकी हजुरामा हुन्थिन् उनले पूरै गाउ“बाट नै माया पाएकी हुन्थिन् तर यहा त परिवारभित्रै पनि एकअर्कालाई नचिन्ने पाश्चात्य संस्कृति भित्रिएको रहेछ । त्यसैको चपेटामा परेर म एक–दुईपटक रन्थनिएकी पनि छु ।
हेर काठमाडौ, यहाको एउटा कुरा मलाई ज्यादै नराम्रो लागेको छ । तिमीलाई त थँहै छ, नेपाल एउटा गरिब देश हो । गरिबीकै कारण यहा विकास निर्माणका काम हुन सकिरहेका छैनन् । हामीमा विकास भनेको चिल्लो कारमा चढेर सर्टमाथि टाई भिरेर अङ्गे्रजी बोल्नु नै रहेछ । अनि शुभप्रभात, सेवारो, तारेमामको सट्टा गुडमर्निङ र गुडनाइट भन्नु, मोही, दही र कागतीबाट बनेको सर्वतभन्दा कोक, फेन्टा पिउनु, हाम्रो लोकलयमा नाच्नुभन्दा हिल जुत्तामा डिस्को नाच्नु, स्थानीय जाड, रक्सी छ्याङ, खानुभन्दा अन्तर्राष्ट्रिय भोड्का र ह्विस्कीमा पैसा खर्च गर्नु नै आजको विकासका विशेषता रहेछन् । हामीले सुधार र परिवर्तन कहिल्यै पनि आफैबाट गर्न चाहेनौ । त्यसैले देश बदल्ने हाम्रो चाहना पनि फोस्रो आडम्बर भएको छ । सैद्धान्तिक शिक्षा लिएर सहरका गल्ली–गल्लीमा प्रमाण–पत्र भजाएर जागिर खाने हाम्रो अभिलाषा अपूरो भएको छ । विदेशी डलरबाट सञ्चालित फोस्रो ज्ञानीहरूको मञ्च अर्थात् एनजिओ, आइएनजिओमा जागिर खाने हाम्रो सपना त्यसै भुटिएको छ । हामी जनता जे–जस्ता भए पनि देश बनाउन जुटेका तिम्रा बुद्धिजीवी नेता भनाउदामा खोइ सद्बुद्धि पलाएको ? राजनीति भनेको त अर्काको मन जित्ने खेल पो हो त । तर, खोइ जितेका त यिनले हामी नेपाली जनताको मन ? असत्यको जुवारी खेलेर र भ्रमको खेती गरेर नेपाली जनतामाथि यिनीहरूले कुठाराघात गरेका छन् । परिवर्तनशील समयको पाठ यिनीहरूले घोक्न भ्याएका छैनन् ।
दुःख लाग्छ काठमाडौ, यो दुर्दशा देख्दा । पहिले किताबका पानामा पढिन्थ्यो, सगरमाथाको देश, गौतम बुद्धको देश, सीता, भृकुटीको देश भनेर । तर, कता–कता यी भनाइ परिवर्तन हुदैछन्, आज नेपाल अर्कै नामले चिनिएको छ । अपशब्द र अपव्याख्याको देश, चौबिसै घन्टा लोडसेडिङको भार खेप्न बाध्य भएको देश, वर्षका तीन सय ६५ दिनमा एक सय दिन बन्द हुने देश, भ्रष्टाचारले आकास छुन लागेको देश, कुशासनले भरिएको देश भनेर आज चारैतिर चिनिइरहेको छ । यसमा तिमीलाई रत्तिभर पीडा छैन है ! काठमाडौ, तिम्रो छेउको यस्तो परिवेश छाडेर घर फर्किनु पर्दा म आज किंकर्तव्यविमुढ भएकी छु । के गर्नु घर फर्किन मेरो पनि बाध्यता नै छ । गाउका उकाली ओरालीले हामीजस्ता केही शिक्षित व्यक्तिको बाटो कुरिरहेका छन् । ती डोको र नाम्लोसगै जीवन चलाइरहेका दिदीबहिनीमा शिक्षाको किरण छर्नु छ । त्यसैले आङ्खनो अध्ययन सकेर अमेरिका र बेलायततिर लाग्न मलाई पटक्कै मन लागेन । विदेशी दोहोरी रेस्टुरेन्ट र ब्युटिपार्लरमा लगेर आफूलाई भजाउन चाहिन । मलाई त आङ्खनै गाउ, पाखा र पहराले ताने । त्यसैले काठमाडौबाट म सधैका लागि आङ्खनै गाउ फर्किंदैछु । काठमाडौ, मेरा यी चिठीका शब्द पढेर तिमीलाई दुःख लाग्दो होला है । तर,  दुःख नमान यी गालीहरूमा पनि मैले मायाको शब्द घोलेकी छु । तिमी वरिपरिको परिवेश राम्रो भएको हेर्ने इच्छा अझै मेरा मनमा धेरै छ । समयले सायद त्यो मलाई जुराउला ।

प्रतिक्रिया