‘बालिका करणी गर्ने लामा पक्राउ’

काठमाडौ, १२ चैत । काठमाडौंको सीतापाईलामा १२ बर्षीय बालिकालाई जर्वजस्ती करणी गर्ने कान्छा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्ला कालिन्चौर घर भईहाल सीतापाईला बस्ने बालिकालाई लामाले जवरजस्ती अनुचित कार्य गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले मकवानपुर जिल्ला आग्रा–७ स्थायी घर भएका ३६ बर्षीय लामालाई सितापाईला–८ बाट पक्राउ गरेको हो ।

लामाले गएराति बालिकालाई डेरा कोठामा लगी डर त्रास देखाए जवरजस्ती करणी गरेको प्रहरी भनाई छ । जर्वजस्ती करणका क्रममा बालिकाको यौनीमा घाउ समेत भएको थियो ।

प्रहरीले पीडित बालिका र अभियुक्तको स्वास्थ्य परिक्षण गराई आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया