१३ वर्षमै एसएलसी पास गरे

भाइबहिनीहरू,
म एउटा सैनिक परिवारमा हुर्केको व्यक्ति हु । त्यसमाथि पनि बुबाको बुढेसकालका सन्तानमध्ये एक । दुःखमा जीवन गुजार्न त परेन तर हाम्रो परिवार सुखसयलमै रमाउने खालको पनि होइन । सैनिक परिवारको सदस्य भएकाले अनुशासनमा बसेर र कडा परिश्रम गरेकै कारण सफलता हात परेको म तिमीहरूलाई सुनाउन चाहन्छु ।
मैले सुरुमा काठमाडौको सेन्ट जेभियर्समै पढ्ने अवसर पाए  । त्यहा तीन कक्षासम्म पढे । त्यसपछि बुबाको हेटौडामा सरुवा भयो । परिवारसहित हामी पनि त्यही पुग्यौ । त्यहा अहिलेजस्तो सुविधासम्पन्न विद्यालय त्यतिखेर थिएन । मकवानपुरकै पुरानो विद्यालय भुटनदेवी हाइस्कुलमा पढे, जुन अहिले उच्चमावि भएको छ । म त्यतिखेरका गुरु ठाकुरनाथ शर्मालाई सम्झिरहेको छु, जसले मलाई अनुशासनमा बाधेर पढ्न सिकाउनुभयो ।
बुबाले मेरा ‘बुढेसकालका छोराहरूलाई राम्रो पढाइदिनुपर्‍यो’ भन्नुभएपछि म चार कक्षाबाट फड्केर एकैपटक कक्षा सातमा भर्ना गरिएको थिए । यो कुरा ०२० सालको हो । हेटौडामा मैले कक्षा नौसम्म पढे । त्यसपछि फेरि काठमाडौ आए र पद्मोदय हाइस्कुलबाट ०२५ सालमा एसएलसी पास गरे । यतिखेर म जम्मा १३ वर्षको मात्र थिए ।
सैनिक परिवारमा भए पनि हामीले उच्च मध्यम परिवारको जीवन बिताएका हौ । बुबाले जग्गा बेचेर हामीलाई पढाउनुभएको हो । भुटनदेवीमा पढ्दा ठाकुर गुरु लट्ठीले झट्टी हानेर भए पनि हामीलाई शिक्षा दिने कुरामा अडिग हुनुहुन्थ्यो । त्यतिखेरका गुरुको आदेशले हामीलाई अनुशासित र परिश्रमी हुन जोड दिन्थ्यो । ‘इमानदार हुनुपर्छ’ भन्नुहुन्थ्यो । उहाकै कारण म विद्यालय जीवन पार गर्न सफल भए । अहिले पनि उहालाई सम्झिरहन्छु ।
१३ वर्षमै एसएलसी पास गरेकाले मेरा बाल्यकालका त्यस्ता अनौठा भोगाइ, सङ्गत र सम्झना छैनन् । त्यो उमेरमा उत्ताउलोपन नै आएन किनभने म त बालक नै थिए । विद्यालयमा हामी तीनखुट्टे दौड, फुटबल, भलिबल खेल्थ्यौ । म अक्सर जित्थे । मलाई फुटबलले निकै तानेको थियो । विद्यालयमा फुटबल नभएकाले साथीहरू मिलेर किन्थ्यौ र खेल्थ्यौ ।
फुटबलमोहले मलाई १२ वर्षमै आफूभन्दा सिनियरहरूसग जोडिदिएको थियो । त्यतिखेर हेटौडामा अहिलेको जिल्ला प्रहरी कार्यालयअगाडिको सडक विभागको भवन भएको ठाउमा ठूलो मैदान थियो । हामी त्यहा फुटबल खेल्थ्यौ । दोस्रो राम्रो मैदान भुटनदेवीकै थियो ।
एउटा घटना सधै सम्झिरहन्छु । एक्सिडेन्टमा परेर साथी विनोद शाक्यको खुट्टा भाच्चियो । उसलाई उपचार गर्न हामीले च्यारिटी म्याच गर्‍यौ । दुःखको कुरा, चौरको उबडखाबडमा परेर मेरो आङ्खनै खुट्टा पनि भाच्चियो र डेढ महिना वीरगन्जमा उपचार गराउनुपर्‍यो । मेरा स्कुले जीवनका सम्झना यिनै हुन् । त्यतिखेरका साथीहरूमध्ये केही अहिले पनि विभिन्न क्षेत्रमा क्रियाशील र स्थापित छन् । इमानदारी, अनुशासन र कडा परिश्रमले मानिस आङ्खनो लक्ष्यमा पुग्न सक्छ भन्ने कुरामा म सधै विश्वस्त छु । यो नै सफलताको सूत्र हो ।
प्रस्तुतिः रामकुमार एलन

प्रतिक्रिया