भारतबाट ग्लोबलको रेमिट्यान्स सेवा

काठमाडौँ : ग्लोबल बैंकले भारतबाट पनि रेमिट्यान्स कारोबार सुरु गरेको छ । भारतको युनाइटेड बैंक र ग्लोबल बैंकबीच भएको सम्झौताअनुसार युनाइटेड बैंक अफ इन्डियाको धर्मतला शाखा, कोलकाताबाट औपचारिक रेमिट्यान्स कारोबारको उद्घाटन कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्र घिमिरेले नेपालमा पैसा पठाएर गरेका हुन् ।
भारतबाट नेपालमा हुने रेमिट्यान्स कारोबारका लागि भारतको युनाइटेड बंक अफ इन्डिया र नेपालको ग्लोबल बैंक लिमिटेडबीचको सम्झौताअनुसार अब युनाइटेड बैंक अफ इन्डियाका निश्चित शाखामार्फत पठाउने र नेपालमा ग्लोबल बैंक लिमिटेडका सबै शाखा साथै आइएमईका मुलुकभरका करिब १८ सय बढी शाखामार्फत भुक्तानी लिन सकिने पनि बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया