‘डोरीले कसेर मारे, पटुकाले झुन्ड्याए’

सिन्धुपाल्चोक, ११ चैत । सिपापोखरेका २६ वर्षीय सुदीप भट्टराईले पत्नीको हत्यामा आङ्खनो संलग्नता स्वीकार गरी त्यसलाई सहजरूपमा समेत लिएका छन् । तीनमहिने सुत्केरी पत्नी शर्मिलाको हत्यामा संलग्नता स्वीकार गरेका उनले भने, ‘काम अराउदा मर्छु भनेर बुइगल चढी, त किन मर्छेस् मै मारिदिन्छु भन्दै डोरीले कसेर मारे । पटुकाले झुन्डाएपछि नजिकको पसलमा गएर रक्सी खाए ।’
उनले शनिबार पत्नीको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका हुन् । २२ वर्षीया शर्मिलालाई घाटीमा डोरीले कसेर मारेपछि घरको बुइगलमा पटुकाले बाधेर झुन्ड्याएको बयान दिदै उनले भने, ‘पत्नी मारेकामा कुनै पश्चाताप छैन ।’
गत सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्नीको हत्या स्वीकार गर्दै उनले ‘काम गर्न जा’ भन्दा नमानेपछि एक थप्पड हानेको बताए । सधै एक दुई थप्पड हान्ने गरेको उल्लेख गर्दै उनले त्यसदिन ‘सन्चो छैन भन्दै ठूला कुरा गरेकाले’ सहनै नसकेर मारेको बयान दिए ।
शर्मिला सुत्केरीका क्रममा माइत बस्दै आए पनि देवर उदीपको बिहेका लागि गत १८ फागुनमा घर पठाइदिएको उनका दाइ उमेश घोरासैनीले बताए । मङ्गलबार बिहान सबैजना काममा गए पनि शर्मिला मात्र नगएपछि पतिले उनलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट काममा जान नसक्ने गरी घाइते भएकी उनलाई पतिले शुक्रबार बेलुकी पनि कुटपिट गरे ।
शनिबार पत्नीलाई मारेर बुइगलमा झुन्ड्याएपछि भट्टराई नजिकैको पसलमा रक्सी पिइरहेका थिए । कामबाट फर्किएका परिवारका सदस्यले बुहारीको खोजी गर्दा ‘बुइगलमा हेर्न जाऊ’ भन्दै उनी रक्सी पिइरहे । बुहारीको शव झुन्डिएको देखे पनि परिवारका सदस्य भने ‘शोक न सुर्ता भोक न भकारी भनेझै’ हासीखुसी चाउचाउ खाएर बसेका थिए ।
‘घटनाको प्रकृति हेर्दा सुदीप एक्लैले हत्या गरेजस्तो देखिदैन,’ इन्स्पेक्टर सुजनराज राजभण्डारीले भने, ‘मृतककी सासू, देवर उदीप र ससुरा कुञ्जनमणिमाथि पनि अनुसन्धान भइरहेको छ ।’ शर्मिलाको शरीर मोटो भएकाले सुदीपले हत्या गर्न हम्मेहम्मे परेको प्रहरीको अनुमान छ । ‘शवको एक मिटर पर दिसा पनि थियो, मारेर वर ल्याएर झुन्ड्याएको बुझिन्छ,’ भण्डारीले भने । प्रहरीले परिवारका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
बहिनीको हत्यापछि तीन महिनाको नाबालक भान्जालाई गाउकै एकजनाले संरक्षण दिएको दाइ उमेशले जानकारी दिए । ‘बहिनी हत्याको शोक त छदै छ, भान्जाको रुवाइले त मुटुमै गाठो पर्छ,’ उनले भने ।
शर्मिला र सुदीपको दुई वर्षअघि राजीखुसीमा मागी विवाह भएको थियो ।

प्रतिक्रिया