खिचिसकियो करामत

काठमाडौँ : दिनेश पौडेलको निर्देशनमा निर्माण भइरहेको चलचित्र करामतको छायाङ्कन सकिएको छ । चलचित्रमा सुमन सिंह, रोही श्रेष्ठ, शिव आचार्य, सम्झना प्याकुरेल, सोनिया शर्मा, दिनेश कौशल आदिले मुख्य भूमिकामा अभिनय गरेका छन् । समसामयिक विषयवस्तुका साथै एक्सनलाई प्राथमिकता दिइएको निर्देशक पौडेलले बताए ।
लक्ष्मण शेषको सङ्गीत, वाङ्चु चेम्जोङको द्वन्द्व, गोविन्द राईको नृत्य तथा रोहित श्रेष्ठको लेखन रहेको चलचित्र युनिभर्स फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया