मकै आन्दोलन फिर्ता

बारा, ११ चैत । बाराका मकै पीडित किसानहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बारामा किसानका प्रतिनिधी र स्थानीय प्रशासनबीच आज भएको वर्तामा पाँच बुँदे सहमति भएपछि किसानले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

वार्तामा बारामा मकैबालीमा भएको क्षतिको विवरण संकलन गर्न मंगलबारदेखि कृषि प्राविधिकहरुको टोली खटाउने, क्षतिपुर्ति उपलब्ध गराउनका लागि स्थानीय प्रशासनले सरकारलाई सिफारीस गर्ने, २०६७ साल बैशाख १६ र १७ गते सरकारसंग भएको २३ बुँदे सम्झौता कार्यान्वयन गर्न सम्बन्धित निकायले पहल गर्ने, दुई वर्ष अघि मकै बालीमा भएको क्षतिको राहत उपलब्ध गराउनेलगायतका सहमित भएको हो ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले किसानका समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिए ।

मकैको घोंघामा दाना नलागेपछि क्षतिपूर्तिको माग गर्दै किसानले बारामा चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया