पश्चिम सेती नरोक्न स्थानीयको आग्रह

काठमाडौं, ११ चैत । पश्चिमसेती सरोकार समितिले पश्चिम सेती जल विद्युत आयोजना नरोक्न सबैमा आह्वान गरेको छ ।

डडेलधरामा रहेका उर्जा राज्यमन्त्री सूर्यमान दोङलाई आज बोटो छेकेर समिति सदस्यहरुले आयोजना कुनैपनि हालतमा सम्पन्न गर्न आग्रह गरे ।

उनीहरुले पश्चिम सेती जल विद्यत आयोजना पुरा गर्नका लागि आफूहरुले सहयोग गर्ने बताए ।

समितिका संयोजक दुर्लभ झुकालले पश्चिम सेती रोक्ने नेता र सभासदको बिरोध गर्दै आयोजना नारोक्न आग्रह गरे ।

डडेलधुरा उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश साउदले सूदुरपश्चिमको विकास पश्चिम सेती आयोजना कुनैपनि हालतमा पुरा गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया