राजनीतिक जीवन दाउमा राखेको छु

काठमाडौं, ११ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधान निर्माणका लागि आफूले राजनीतिक भविष्य दाउमा राखेर काम गरिरहेको दाबी गरेका छन् ।

बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आज पत्रकार महिलाहरुसँगको भेटमा भट्टराईले तोकिएकै समयमा शान्ति प्रक्रिया टुङगाएर संविधान जारी गर्न आफू दृढ रहेको बताए ।

उनले भने, ‘शान्तिप्रक्रिया र संविधान लेखनका क्षेत्रमा केही दिनभित्रै सकारात्मक परिणाम देखिन्छ ।’

पत्रकार महिलाहरुले भने आफूहरुलाई सत्केरी बिदा समेत नदिने गरेको तथा तलबमा समेत भेदभाव हुने गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्रीले सरकारी  सञ्चारगृहमा धेरै समस्या नभएपनि निजी क्षेत्रमा त्यसको निराकरण आवश्यक रहेको बताएका थिए ।

उनीहरुले कामका दौरान व्यहोर्नुपर्ने समस्या र गरिने ब्यबहारबारे प्रधानमन्त्री भट्टराई समक्ष गुनासो समेत गरेका ।

प्रतिक्रिया