चेपाङको पोङ

गएको मङ्सिर महिनामा निरुमाया चेपाङ र जङ्गलाल चेपाङले प्रेमविवाह गरे । बिहेको चार महिना बित्दा पनि निरुको माइतीले पोङ लिएर आउन निम्तो दिएका छैनन् । उनको माइतीमा अझै निरु र जङ्गलालको बिहेले आधिकारिकता पाएको छैन । पोङ चेपाङ समुदायमा विवाहपछि छोरी–ज्वाइ“ले आधिकारिकता पाउन लैजाने रक्सी, मासु (सितन), रोटीलगायत परिकार हुन् । अझ सगुनमा चमेराको मासु भयो भने उपल्लो स्तरको मानिन्छ । चेपाङ समुदायले पोङलाई सगुनको रूपमा लिने गर्छन् ।
निरुमायाको माइती चितवनको लोथर गाउ“ विकास समितिमा पर्छ । माइतीले आफूभन्दा २२ वर्ष जेठो केटास“ग निरुको बिहे गरिदिएका थिए । तर, केटाले रक्सी खाएर पटकपटक पिट्ने गरेपछि पा“च वर्ष माइतीमा बसेकी निरुले गएको मङ्सिर महिनामा जङ्गलालस“ग भागेर बिहे गरेकी हुन् । निरुका श्रीमान् जङ्गलालले अर्काकी श्रीमती भगाएर ल्याएपछि ‘जारी’ तिनुपथ्र्यो । अर्काकी श्रीमती बिहे गरेपछि ‘जारी’ तिर्नुपर्ने चलन चेपाङ समुदायमा छ । ‘जारी माग्न आएका थिए’, निरुले भनिन् –‘हामी गरिब मान्छे कहा“बाट जारी तिर्ने । चलन छैन भनेर पठाइदियौ“ ।’ अर्काकी श्रीमती भगाएर ल्याएपछि गाउ“का भद्रभलाद्मी जम्मा गरेर मूल्य तोकेर जारी तिर्नुपर्ने हुन्छ ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव यमन चेपाङले भनेजस्तै यहा“का अधिकांश चेपाङले प्रेमविवाह गर्छन् । गरिबीका कारण अधिकांश चेपाङ समुदायले गर्ने विवाह तामझामपूर्ण हु“दैन । तर, उनीहरूको संस्कारअनुसार, केटी भागेर गइसकेपछि माइती पक्षले बोलाउनुपर्छ । त्यतिबेला आङ्खना इष्टमित्र बोलाएर सकेसम्म धेरै सगुन बोकेर माइती जाने गर्छन् । माइती जानुअघि श्रीमान््ले बिहेको चिह्नस्वरूप श्रीमतीलाई बुलाकी र जुरे फुली दिनुपर्छ ।
‘६० ÷६० रुपिया“को थियो बाबै’, आङ्खनो उमेर यकिन ख्याल नभएकी सुन्तलीमाया चेपाङ उनको पालामा श्रीमान्ले बिहेपछि किनिदिएको जुरे फुली र पीपलपाते बुलाकीको व्याख्या गर्दै थिइन् । ‘मुखै छोप्न आउ“थ्यो ।’ ७० वर्ष माथिकी जस्ती देखिने  सुन्तलीमायाले अहिले खाली रहेको नाकको प्वाल देखाउ“दै भनिन् – ‘नम्बरी सुनको ख“दुवा बुलाकी फुली पनि नौवटा पात भा’को पत्थर राखेको थियो बाबै । भात पनि हातले बुलाकी उचालेर खानुपथ्र्यो ।’ १५ वर्षअघि श्रीमान् जमानसिंह चेपाङको मृत्युपछि उनको नाक–कान बुच्चा भए । ‘बुढा मरेपछि फाल्नुपर्छ नि,’ विधवाको पहिचान दि“दै उनले भनिन् । उनले पनि आङ्खना पालामा बिहेपछि दाजुभाइलाई सोलीका सोली सगुन (पोङ) लिएर गएकी थिइन् । ‘उबेला त कमाउने जग्गा थ्यो । खेतीपाती हुन्थ्यो । घरमै रक्सी बनाएर, भै“सीको मासु, भाले, चमेराको मासु सगुन लिएर गा’थ्यो,’ उनी भन्छिन् । विगतको जस्तो नभए पनि श्रीमान्स“गको सम्बन्ध झल्काउन अहिले पनि नाकमा चा“दीको बुलाकी भने झुन्ड्याएकी छिन् । सुन्तलीमायाको श्रीमान् मरेको १४ वर्ष भयो । उनले सात वर्ष अघिदेखि भने चा“दीको बुलाकी लगाएको बताइन् ।
नौवटा किनारा, जसको माथिपट्टि पा“चवटा स–साना फुक्क उठेका बुट्टा बनाइएको छ । बीचमा कलेजी रङको पत्थर । झट्ट हेर्दा लाहुरे फूलजस्तै देखिन्छ । ‘जुरेली फुली’ श्रीमान्ले बिहेपछि ल्याइदिएको सुनको जुरेली फुली लगाउ“दा दिलमाया चेपाङलाई चाहि“ छुट्टै सुन्दरता थपिएको महसुस हुन्छ ।
दिलमायाको मङ्गोलियन अनुहारमा हेर्दा टलक्कै टल्कने जुरेली फुलीको भन्दा अझ महŒव नाकबाट ओठ नै छुनेगरी झुन्डिएको बुलाकीको छ । ‘पीपलपाते बुलाकी’ फुलीको मूल्यभन्दा तीन सय रुपिया“ कम अर्थात् १३ सय रुपिया“मा किनेको बुलाकी देखाउ“दै सुनाइन् ।
उनको बिहे पनि तामाझामका साथ भएन । साथीसङ्गीको लहैलहैमा लागेर उनले रामबहादुरस“ग भागेर बिहे गरेकी हुन् । सात वर्षअघि बिहे हुनेबित्तिकै मनहरी बजार झरेर जुरेफुली, पीपतलपाते बुलाकी अनि का“डे तिलहरीले उनी सजिइन् । ‘बुढाको चिनो’, लजाउ“दै पछ्यौरासहित मुख छोप्न पु¥याएको हात हटाउ“दै दिलमायाले पीपलपाते बुलाकीको महŒव खोलिन् ।
मकवानपुरको पहाडी क्षेत्रमा पर्ने राक्सिराङ गाविसको वडा नं. २, गौ“थलीटारमा दिलमायाको घर छ । उनी २३ वर्र्षकी भइन् । चार घन्टा बाटो हि“डेर मनहरी बजार झ¥यो भने उनैका उमेरका महिला बजारका नया“नयँ“ डिजाइनका गहनामा सजिएका देखिन्छन् । तर, उनको मन आधुनिक गहनाले तानेन । ‘हाम्रो चलनै यस्तै छ,’ आङ्खनै सांस्कृतिक पहिचान झल्कने पहिरनमा उनलाई आफू खुलेको महसुस हुन्छ । गाउ“मै खेतीपाती गरेर जीवन गुजार्ने दिलमायका जोडीलाई माइतीले मज्जाले स्वीकार गरे । पोङ पनि इष्टमित्र बोलाएर रमाइलोका साथ खुवाइयो । उनले भनिन्, ‘हाम्रो त राम्रोस“ग बिहे भयो नि ।’
विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा जिल्लामा चेपाङ जातिको मुख्य  बासस्थान छ । यहा“का पहाडी भेगमा खेतीपाती गर्ने तथा जङ्गलका कन्दमूल खोजेर जीवन निर्वाह गर्दै आएका छन् उनीहरूले । पछिल्लो तथ्यांकअनुसार, जनसङ्ख्याको हिसाबले नेपालमा रहेको ८० हजार चेपाङ समुदायमा पछिल्लो समयमा भने बिहे, जन्म, मृत्युलगायतका संस्कारस“ग जोडिएका चलन घट्दै गएका छन् । नेपाल चेपाङ सङ्घका महासचिव यमन चेपाङ गरिबीका कारण आङ्खना चलनभन्दा बढ्दै गएको मह“गीअनुसार जीवन गुजार्ने समस्या थपि“दै गएकाले चेपाङका परम्परागत प्रचलन घट्दै गएको बताउ“छन् । त्यति मात्रै होइन, पछिल्लो समय बजारमा बढ्दै गएको आधुनिकतास“गै चेपाङ समुदायका परम्परागत गहना तथा सांस्कृतिक प्रचलन पनि घट्दै गएको छ ।

प्रतिक्रिया