कुरा चपाइन् सन्नीले

ब्लु फिल्म खेलेर ‘पोर्न इन्डस्टि्र’ मा ख्याति कमाएकी भारतीय मूलकी अभिनेत्री सन्नी लियोन कुरा चपाएर बोल्छिन् भन्ने धेरैलाई थाहा छैन । ‘जिस्म-२’ को छायाङ्कनका लागि भारत आएकी सन्नीले भारतका दर्शकसामु आˆनो नयाँ रूप देखाएकी छन् ।
ब्लु फिल्मलाई भारतमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । यस्तो फिल्ममा अभिनय गर्नेहरू ‘प्यवाक्क’ बोल्ने खालका हुन्छन् भन्ने धेरैको अनुमान हुन्छ । तर, यस्तो अनुमानलाई गलत साबित गर्दै सन्नीले पत्रकारहरूलाई घुमाउरो जवाफ दिएर सबैलाई चकित बनाएकी छन् ।
एकपटकमा एउटा मात्रै फिल्ममा काम गर्ने सोचअनुरूप ‘जिस्म-२’ बाहेक अरू फिल्ममा लागिपरेकी छैनन् उनी । बलिउडमा अभिनय गर्न पाएपछि मख्ख परेकी सन्नी अहिले भारतमा छिन् । त्यहाँ केही पत्रकारले ‘अब बलिउडमै जमेर ‘पोर्न इन्डस्ट्री’ लाई बाइबाई गर्ने विचार त छैन ?’ भनी सन्नीलाई सोधेका थिए । जवाफमा सन्नीले भनिन्, ‘अहिलेको भारत बसाइमा ‘जिस्म-२’ को छायाङ्कनबाहेक अरू केही नगर्ने मेरो सोच छ ।’ ‘फेरि ब्लु फिल्म खेल्नुहुन्छ ?’ भनी पत्रकारले पुनः प्रश्न गर्दा सन्नीले कुरा चपाउँदै भनिन्, ‘पोर्न इन्डस्ट्री’ बलिउडभन्दा नितान्त भिन्न छ । मैले त्यसमा काम गरिसकेकी छु । त्यसैले अब बलिउडमा ‘फोकस’ हुने मेरो इच्छा छ ।’

प्रतिक्रिया