भारोत्तोलनमा अनिलले दिलाए नेपाललाई तीन स्वर्ण


नेपालगन्ज, १० चैत । नेपालगन्जमा जारी प्रथम दक्षिण एसियाली महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिताको पहिलो दिन शुक्रबार अनिल मल्लले नेपाललाई तीन  स्वर्ण पदक दिलाएका छन । ५९ केजी तौल समूहको स्न्याच, जर्क र टोटलमा मल्लले तीन  स्वर्ण पदक जितेका हुन् ।
सोही तौल समूहमा नेपालका विकास थापाले ३ रजत पदक जितेका छन् भने अफगानिस्तानका खाली सामुतुल्लाहले ३ कास्य पदक प्राप्त गरेका छन् । ४८ केजी तौल समूहकी कविता चौधरीले नेपाललाई ३ कास्य पदक दिलाएकी
छन । ४८ केजी तौल समूहको महिलाको खेलमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा बङ्गलादेशकी साबिरा मुल्लाले स्वर्ण, श्रीलङ्काकी अभियु सिटालाले रजत पदक हात पारिन् ।
बङ्गलादेशले १३२ केजी, श्रीलङ्काले १२१ केजी र नेपालले १०४ केजी उचालेको
थियो । महिलाहरूकै ५३ केजी तौल समूहको खेलमा स्न्याच, क्लिन एन्ड जर्क र टोटलमा गरी भारतकी गोपाल टिकिलाले ३  स्वर्ण पदक प्राप्त गरिन् भने स्न्याच र क्लिन एन्ड जर्क र टोटलमा बङ्गलादेशकी तक्मा फुलपट्टीले ३  रजत पदक हात पारिन् । स्न्याचमा श्रीलङ्काकी बाड्रयुमस थि्रजेले रजत तथा क्लिन एन्ड जर्क र टोटलमा बङ्गलादेशकी अख्तर मारियाले २  कास्य पदक प्राप्त गरिन् ।
यस्तै पुरुषको ५६ केजीको तौल समूहमा स्न्याचमा श्रीलङ्काका बन्डरा ओडिकले स्वर्ण, श्रीलङ्काकै विजया सूर्याले रजत तथा बङ्गलादेशका रहमान मिजाबुरले कास्य पदक प्राप्त गरेका छन् ।
सोही तौल समूहको क्लिन एन्ड जर्क र टोटलमा श्रीलङ्काका विजय सूर्याले स्वर्ण, श्रीलङ्काकै बन्डरा ओडिकले रजत र बङ्गलादेशका रहमान मिजाबुरले कास्य पदक गरी २-२ वटा पदक हात पारेका छन् । यसैगरी पुरुषको ६२ केजीको तौल समूहमा स्न्याचमा श्रीलङ्काका लियानार्थी एफले स्वर्ण, भारतका सेल्भान बीले रजत तथा पाकिस्तानका इस्लाम इमरानले कास्य पदक प्राप्त गरे । सोही तौल समूहको क्लिन एन्ड जर्क र टोटलमा भारतका सेल्भान बीले स्वर्ण, श्रीलङ्काका लियानार्थी एफले रजत तथा पाकिस्तानका इस्लाम इमरानले कास्य गरी २-२ पदक हात पारेका छन् । प्रतियोगिताका अन्य खेल नेपालगन्ज रङ्गशालामा भइरहेको छ ।

प्रतिक्रिया