‘बिजुलीजस्तो विषय चम्किन्छ दिमागमा’

अहिले के लेख्दै हुनुहुन्छ ?
कथा लेख्दै छु । यसबाहेक पत्रपत्रिकामा नियमित लेखहरू पनि लेखिरहेको छु ।
जिन्दगीमा कति लेखिसक्नुभयो अब बाकी कति छ ?
जति लेखे, लेखेको त्यही नै हो । अब लेख्न बाकी कति छ ? यसको हिसाबकिताब त कसरी गर्नु र † जब दिमागमा फुर्छ त्यति बेला लेख्ने हो । अब कति दिमागमा फुर्ला कसरी थाहा पाउने † भन्न गाह्रो छ ।
तपाईंले नलेख्दा के फरक पर्छ ?
साहित्यलाई फरक नपर्न सक्छ । तर, मलाई चाहि फरक पर्छ । नलेखेर बस्नै सक्दिन म ।
साहित्य तपाईंलाई चाहिएको हो कि, साहित्यलाई तपाईं चाहिएको हो ?
मलाई साहित्य चाहिएको हो । मबिना पनि साहित्य बाच्न सक्छ तर साहित्यबिना म बाच्न सक्दिन । नेपाली लेखनमा म नभएर पनि केही फरक पर्दैन तर मेरो आङ्खना लागि नेपाली लेखन आवश्यक छ । मैले लेखेर नेपाली साहित्यलाई केही भएको छ भने ठूलो पु“जीमा सानोतिनो जम्मा पुजी जस्तो मात्रै हो ।
कुन उद्देश्यबाट प्रेरित भएर लेख्न सुरु गर्नुभयो, त्यो पूरा भयो ?
मैले दस वर्षको उमेरदेखि कविता लेख्न सुरु गरे । कविता के हो ? मलाई थाहा थिएन तर कविता लेखिरहेको थिए । मैले खास उद्देश्यबाट लेख्न सुरु गरेको हुदै होइन । दिमागमा आएको छटपटीलाई साम्य गर्न लेख्न सुरु गरे । अझै पनि दिमागमा छटपटी भइरहन्छ, र लेखिरहेको छु । पूरा भयो भन्ने कि नभन्ने ?
तपाईंको लेखन आकस्मिक हुन्छ कि योजनाबद्ध ?
दिमागमा जे विषय फुर्छ त्यो आकस्मिक हुन्छ । कहिले, कसरी विषय फुर्छ ? केही पत्तो नै हुदैन । बिजुली चम्किएको जस्तो गरी विषय चम्किन्छ दिमागमा ।  जसरी बिजुली चम्किदा एकै निमेषलाई संसार नै उज्यालो हुन्छ, फेरि अध्यारो नै हुन्छ । दिमागमा विषय आउदा पनि बिजुली चम्किए जसरी सबै उज्यालो पारेर आउछ । निमेषमा आएको उज्यालोलाई टिपेर आधार बनाएर लेख्छु । तर, यति दिनभित्र यो विषयमा लेख्छु भनेर योजना कहिल्यै बनाउदिन ।
तपाईं आवेग र उत्तेजनाले लेख्नुहुन्छ कि विवेकले ?
लेखनका पात्रहरूसग के आवेग र उत्तेजना हुन्छ र ? सबै विवेकले लेख्ने हो ।
लेखनमा विषय झुर हुन्छ, कि लेखक ?
दुवै झुर हुन पनि सक्छन् । दुवै नहुन पनि सक्छन् । कुनै राम्रो विषय हुदाहुदै पनि लेखकको कारण झुर हुन्छ । कुनैचाहि विषय नै झुर पनि हुन्छ । जति राम्रो लेखकले पनि विषय झुर भयो भने राम्रो लेख्न सक्दैन ।
अहिले राम्रा लेखक बढी छन् कि झुर लेखक ?
राम्रा लेख्ने लेखक दुनियामा जहा पनि कम हुन्छन् । नेपाली लेखनमा नया र पुरानो दुवै पुस्तामा राम्रा लेखक कम छन् । तर, जो राम्रो लेख्छ उसले नै लिड गर्छ । थोरै भए पनि राम्रा लेखकहरूको लिड छ ।
कहिलेकाही बेकारमा लेखक भए, भनेर दिक्क लाग्दैन ?
अँहा, कहिल्यै लाग्दैन । म त बढो सन्तुष्ट छु मेरो लेखन जीवनदेखि ।
अहिले तपाईं जवान हुनुभयो भने के लेख्नु–हुन्थ्यो ?
प्रेम उपन्यास लेख्थे होला । प्रेमको व्याख्या हुन्थ्यो त्यो उपन्यासमा ।
यतिका धेरै लेखिसक्नुभयो, लेखेर के हुदो रहेछ ?
लेखेर धेरै सम्पत्ति कमाइने होइन । तर, सम्पत्तिले किनेर नपाइने चिज पाइन्छ । आङ्खनो परिचय, पाठकको माया, सम्मान पैसाले किनेर पाइन्न । मैले त्यही चिज पाएको छु । मस“ग परिचय छ, माया र सम्मान छ ।
तपाईंलाई मनपर्ने उपन्यासकारहरू ?
बिपी कोइराला, पारिजात, मेरो दाइ (धच गोतामे) मलाई मनपर्ने उपन्यासकार हुन् । नयामा पनि धेरै छन् ।
यस्तो उपन्यास, जुन उपन्यास मैले लेख्न पाए हुन्थ्यो भन्ने लागेको छ ?
त्यस्ता उपन्यास धेरै छन् । राम्रो उपन्यास पढिसकेपछि मलाई जहिल्यै पनि मैले यो उपन्यास लेखेको भए कति गजब हुन्थ्यो भन्ने लाग्छ ।
गजब उपन्यास र सुन्दर तरुनी कुन रोज्नु हुन्छ ?
उपन्यास नै रोज्छु । जिन्दगीमा उपन्यास नै रोज्दै आए“ । तरुनीतिर लागेको भए त राम्रो उपन्यास लेख्नै सक्दिनथे नि †
प्रस्तुतिः राजेश राई

प्रतिक्रिया