विश्वलाई प्रभावित पार्ने आन्दोलनको गाथा

जिन्दगीका भिन्नभिन्न मोडमा भिन्नाभिन्नै पुस्तकले भिन्नाभिन्नै प्रभाव पार्दा रहेछन् । उमेर, कार्यक्षेत्र, बदलिदो मनोविज्ञान र ‘मुड’ अनुसार पुस्तकप्रतिको रुचिमा फरक आउदो रहेछ । मेरो पनि भिन्नाभिन्नै कालखण्डमा मन परेका पुस्तकको लामै सूची छ । विगत केही समययता भने मलाई द्ययददथ क्बलमक स् ल्यतजष्लन दगत बल गलाष्लष्कजभम कयलन ले निकै उद्वेलित पारिरहेको छ ।
म भूमिगत अवस्थामै थिए, क्रान्तिका रुमानी सपनासहित । त्यति नै बेला मैले लामो तार जोडेर मुिस्कलले सुनिने आङ्खनो सानो सोनी रेडियोको बिबिसी हिन्दी सेवाबाट बबी स्यान्ड्सका बारेमा पहिलोचोटि सुनेको थिए । बेलायती उत्पीडनविरुद्ध सङ्घर्षरत यी आइरिस युवाले गरेको ६६ दिन लामो आमरण अनसन र जीवन उत्सर्गले उनीबारे मनको भित्री कुनामा बेग्लै सम्मोहन, आकर्षण र सम्मान जन्माइदिएको थियो । तर, कुनै भरपर्दो सन्दर्भ सामग्री पाइएको थिएन उनका बारेमा गहिरो जानकारी लिन । २००९ को सेप्टेम्बरमा आयरल्यान्ड भ्रमण गर्दा डब्लिनको एउटा पुस्तक पसलमा मेरो चिरकालको धोको पूरा भयो– यो पुस्तक किन्ने मौका पाएपछि । (उनको समाधिमा जाने चाहना भने प्राविधिक कारणले पूरा हुन पाएन ।)
डेनिस ओ’हर्नद्वारा लिखित यो पुस्तकमा तपाईं त्यस्तो पात्रको जीवन्त गाथा पढ्न पाउनुहुन्छ, जो दन्त्यकथाको कुनै नायक जस्तो छ । मायालु बाबुआमाको त्यो प्यारो पुल्पुलिएको छोरो, त्यो मेधावी छात्र, त्यो स्थानीय फुटबल क्लबको उत्कृष्ट खेलाडी, त्यो कविहृदय, त्यो स्वप्नदर्शी किशोर– कसरी एकदिन आङ्खनो ‘आइरिस’ पहिचानको खोजीमा र बेलायती उत्पीडनविरुद्ध घरबाहिर निस्कन्छ, कसरी आयरिस रिपब्लिकन आर्मी (आइआरए) को सम्पर्कमा पुग्छ, कसरी सत्र वर्षको उमेरमै जेल पर्छ र कसरी २६ वर्षको आङ्खनो अल्पायुमा ‘आइरल लेडी’ भनिने मार्गरेट थ्याचरको सत्तालाई हल्लाइदिएर संसारभरका स्वतन्त्रताप्रेमीको मुटुको ढुकढुकी र अहिंसात्मक प्रतिरोधको ‘आइकन’ बन्न पुग्छ, यो पुस्तक पढ्दै जादा तपाईंलाई लाग्नेछ– तपाईं कुनै थ्रिलर फिल्म हेर्दै हुनुहुन्छ । उत्तरी आयरल्यान्डमा बेलायती वर्चस्वलाई औपनिवेशिक उत्पीडन ठान्ने, त्यहा प्रोटेस्टेन्टको प्रभुत्वलाई आङ्खनो क्याथोलिक आस्थामाथिको आक्रमण ठान्ने र उत्तरी आयरल्यान्डमा ‘आयरिस राष्ट्रवाद’ लाई आकार दिने यो आन्दोलनलाई बेलायत विशुद्ध आतङ्कवाद ठान्छ र आइआरएका कार्यकर्तालाई खाटी अपराधी । आङ्खनो आन्दोलन आतङ्कवाद होइन, राजनीतिक आन्दोलन हो भन्ने जिकिर र आफूहरूलाई राजनीतिक कार्यकर्ताको मान्यता दिइनुपर्छ भन्ने मागका साथ बबी स्यान्ड्सको नेतृत्वमा बन्दीहरूको आन्दोलन सुरु हुन्छ जेलभित्रै ।
असाध्यै कठोर छ ब्लकको त्यो बन्दीगृह, जहा बन्दीहरूलाई भेला हुने, अध्ययन गर्ने र घुम्ने स्वतन्त्रता त कुरै छाडौ, नुहाउन, लुगा धुन, एकापसमा बोलचाल गर्न र परिवारका सदस्यसग भेट गर्नेसमेत छुट छैन । दिसापिसाबले ढाकिएको सेलमा एक्लाएक्लै बन्दीजीवन बिताउन बाध्य बन्दीहरूले फेरि पनि कुनै न कुनै हिसाबले संवाद, सूचना र मनोरञ्जनको बाटो निकालिछाड्छन्– गुदद्वारमा रिफिल र कागज लुकाएर होस् या लुकीछिपी तमाखु भिœयाएर चुरोट बनाउनमा होस् । कैदीहरूलाई दिइने युनिफर्म होइन, आङ्खनै कपडा लगाउन पाउनुपर्ने सामान्य माग पनि सुनुवाइ नभएपछि उनीहरू विद्रोहमा उत्रिन्छन्, उनीहरूले युनिफर्म बहिष्कार गर्छन् र खालि कम्मल र टावेलमा वर्षौं गुजार्छन् । उनीहरूले पहिलोपल्ट गरेको ५३ दिन लामो अनसनलाई धोखामा टुङ्ग्याइएपछि र दिइएका आश्वासन कुनै पनि पूरा नभएपछि बबी स्यान्ड्सहरू त्यो निर्णायक भोक हडतालमा उत्रिन्छन्, जसले विश्वकै ध्यान तान्यो, जसले आइआरएको आन्दोलनलाई नै नया मोड दियो र बबी स्यान्ड्सलाई एकाएक आन्दोलनको नायकमा रूपान्तरित गरिदियो ।
सन् १९८१ फेब्रुअरी मसान्तको अन्तिम छाक खाना खादा सप्ताहान्तको खानामा पाइने एक टुक्रा तीतो सुन्तला चबाएका बबी स्यान्ड्सको जीवनका बाकी ६६ दिन मानवीय शौर्य, सहनशीलता, निष्ठा, अग्निपरीक्षा र उत्सर्गका अनुपम क्षण हुन्, जसलाई पढ्दै जादा धेरैचोटि तपाईंका आखा डबडबाउछन्, मुटु ढुकढुक गर्छ । त्यसबीचमा उनलाई आङ्खनी मायालु आमा र प्यारी बहिनीबाट, साखुल्ले हुन चाहने शुभचिन्तकबाट, विरोधीबाट अनेक हिसाबले गलाउने प्रयास हुन्छ । तर, उनको निष्ठा अभेद्य छ र मस्तिष्क एकदमै स्पष्ट । उत्तरी आयरल्यान्डको फेर्मानाघ दक्षिण टिरोनका सांसदको हृदयघातबाट मृत्यु भएपछि रिक्त पदमा आइआरएको राजनीतिक मोर्चा सिन फेङले बबी स्यान्ड्सलाई जेलबाटै उम्मेदवार बनाउने निर्णय गर्छ । अनेक जालझेल चिर्दै उनको उम्मेदवारी दत्र्ता भएपछि तीव्र राजनीतिक द्वन्द्व सुरु हुन्छ । उनले जेलभित्रैबाट साढे ३० हजार मत ल्याएर बेलायती संसद्मा चुनाव जित्छन्, अनसनकै बीचमा । लुकीलुकी रेडियोमा आएको मतगणनाको परिणाम सुन्दै गरेको र विजयको खबरले बन्दीहरूले जेलै उचालेको प्रसङ्ग मार्मिक छ । तर, मार्गरेट थ्याचर उनलाई राजनीतिक मान्यता दिन फिटिक्कै तयार छैनन् ।
उनको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रदै जान्छ । डाक्टरहरू उनको अन्त्य कसरी हुन सक्छ, कसरी अङ्गप्रत्यङ्ग फेल हुनेछन् र उनी कुनै पनि बेला ‘कल्याप्स’ हुन सक्छन् भन्ने बताउदाको क्षण हृदयविदारक छ । उनको पहिले मृगौला फेल हुन्छ, बिस्तारै आखा बन्द हुन्छन्, पक्षाघात हुन्छ र उनी हेर्दाहेर्दा अस्थिपञ्जर जस्तै बन्छन् । तर, उनको निष्ठा– चट्टानजस्तै अटल छ । आङ्खना कामरेड ‘बिक’लाई उनी सासैसासले भन्छन्– ‘म मर्दै छु, साथी † म मर्दै छु । (सबै साथीलाई नाम लिएरै) सम्झना सुनाइदिनू ।’ अन्तिम वाक्य आमाप्रति समर्पित छ– ‘म तपाईंहरू सबैलाई माया गर्छु । आमा † तपाईं संसारकै सबैभन्दा असल आमा हुनुहुन्छ, तपाईंले मेरो साथ दिनुभयो ।’ ५ मई, १९८१ का दिन बिहान १ बजेर १७ मिनेट जादा यी अद्वितीय योद्धाको जीवनलीला समाप्त हुन्छ । उनलाई पछ्याउ“दै उनका ९ जना अनसनकारी साथीहरू– फ्रान्सिस ह्युग्स, रे म्याकक्रिम, पास्टी ओ’हारा, ज्यो म्याकडोनल, मार्टिन हसन, …केभिन लिन्च, किरन डोहाटी, टोम म्याकएल्बी र रेड मिकी डिभाइनको पनि केही दिनभित्रै मृत्यु हुन्छ । तर, बबी स्यान्ड्सको उत्सर्गले आन्दोलनलाई अनपेक्षितरूपमा नया“ मोड, ऊर्जा र गति दिन्छ । उनको दाहसंस्कारमा एक लाखभन्दा बढी मान्छे सहभागी हुन्छन् र आइआरएको आन्दोलनप्रति निरपेक्ष मान्छेसमेत विस्तारै आन्दोलनमा तानिन्छन् । उनको मृत्युको खबरले विश्वभरि नै तरङ्ग सिर्जना गरिदिन्छ– धेरै देशका संसद्मा उनको सम्मानमा मौनधारण गरिन्छ, उनको नाममा सडकहरूको नामकरण गरिन्छ र उनलाई प्रेरणास्रोतका रूपमा सम्मान गरिन्छ । नेल्सन मन्डेलाले उनलाई पछ्याउदै रोबिन टापुमा अनसन सुरु गर्छन् र रङ्गभेदी सरकार उनका केही माग पूरा गर्न बाध्य हुन्छ । ल्याटिन अमेरिकामा ज्यापाटिस्टा आन्दोलनले पनि उनलाई अनुसरण गर्दैै कतिपय माग पूरा गराउ“छ ।
प्रस्तुत पुस्तकले खालि बबी स्यान्ड्सको अग्निदीक्षा, उनको प्रतिरोध र उनको नायकत्वको कथा मात्रै बताउ“दैन, कसरी यो जेल सङ्घर्षले आइआरएको छवि एउटा हिंस्रक, उग्र आन्दोलनबाट राजनीतिक आन्दोलनमा रूपान्तरित गर्न निर्णायक सहयोग गर्‍यो भन्ने पनि विवेचना गर्छ । त्यही परिवर्तित रूपकै बलमा आइआरएले १९९८ मा बेलायतस“ग शान्तिसम्झौता गर्न, राजनीतिक मान्यता प्राप्त गर्न र हाल उत्तरी आयरल्यान्डमा सबैभन्दा ठूलो पार्टी बन्ने अवसर प्राप्त गर्‍यो । सशस्त्र सङ्घर्षभन्दा अहिंसात्मक आन्दोलनको नैतिक बल कसरी प्रभावकारी र सशक्त हुन्छ भन्नेबारे लेखकले प्रकाश पारेका छन् । तर, उनले सजग पनि गराएका छन्– ‘शान्तिपूर्ण आन्दोलन, निर्वाचन प्रक्रिया र मिलिजुली सरकारले आन्दोलनको धार, मुद्दा र क्रान्तिकारी चरित्रलाई भुत्ते पनि बनाउन सक्छन् ।’
बबीको जेल डायरीमा सुन्दर कविताहरू छन्, सुन्दर सपनाहरू छन् । हेर्नोस् त यो अंश कति शक्तिशाली छ– ‘मेरो हृदय असाध्यै दुखिरहेको छ किनकि मलाई थाहा छ– मैले मेरी गरिब आमाको हृदय छियाछिया पारेको छु र मेरो घर असह्य पीडाले आहत भएको छ । म एउटा राजनीतिक बन्दी हु । म राजनीतिक बन्दी हु किनभने म त्यस्तो लम्बेतान युद्धको शिकार भएको छु, जुन उत्पीडित आइरिस जनता र हाम्रो भूमि छाड्न नमान्ने यौटा पराई, आक्रमणकारी, अवाञ्छित सत्ताबीच लडिदै छ । म ब्लकको पाशविकता अन्त्य गर्नका लागि मात्रै या पाउनै पर्ने राजनीतिक बन्दीको मान्यता पाउनका लागि मात्रै मर्न गइरहेको छैन, बरु मुख्यतया (यसकारण मर्न गइरहेको छु कि) यहाभित्र जे गुमेको छ, त्यो गणतन्त्रका लागि हो र ती विपन्न उत्पीडितका लागि हो, जसलाई ‘जागृत जनता’का रूपमा चिनाउन पाउदा आफूलाई गौरवान्वित ठान्छु ।’ २६ वर्षे तन्नेरीको यो विश्वलाई नै प्रभावित पार्ने आन्दोलन गाथा सा“च्चै पठनीय छ ।

प्रतिक्रिया