‘रक्सी पिउन पाउनैपर्छ’

काठमाडौ, १० चैत । ‘अरू जे भन्नुस्, हामीले रक्सीचाहि खान पाउनुपर्छ ।’ मादकपदार्थ सेवन (मापसे) गरेपछि कारबाहीमा परेका गाडी चालकले ट्राफिक प्रहरीले दिने कक्षामा गरेको माग हो यो । ट्राफिक प्रहरीका अनुसार उनीहरूको पारा रातभरि रुग्यो, बुढी ज्यूदै भनेजस्तो छ ।
ट्राफिक प्रहरीले दिने कक्षामा दैनिक उपस्थित हुने डेढ सयभन्दा बढी मादकपदार्थ सेवनकर्ता चालकले घुमाइफिराइ ट्राफिकसंग रक्सी पिउन पाउनुपर्ने माग गर्ने गरेका हुन् । रमाइलो कुरा त के छ भने उनीहरू आफूहरूले रक्सी पिउन पाउनुपर्ने कुरालाई विभिन्न जातजातिको परम्परा र अन्तर्राष्ट्रिय सन्धिसम्मको कुरा झिकेर ट्राफिकसंग प्रस्तुत हुन्छन् ।
‘तपाईंलाई अन्तर्राष्ट्रिय सन्धिका बारेमा थाहा छैन होला । त्यहँ कुनै पनि जातिका चाडपर्व र संस्कृतिलाई नियन्त्रण गर्ने गरी सरकारले कानुन बनाउन पाउदैन,’ उनीहरूको भनाइ छ, ‘हाम्रो पूजाआजामा ‘सगुन’का रूपमा रक्सी चल्छ ।’
मापसे गरी कारबाहीमा परेकालाई कक्षा दिदैआएका बग्गीखानाका इन्स्पेक्टर विपीन गौतम उनीहरूले कक्षामा घुमाइफिराइ रक्सी पिउन पाउनुपर्ने माग गर्ने गरेको सुनाउछन् । उनीहरूले रक्सी पिउने विषयमा सरकारले मापदण्ड नै बनाउनुपर्ने बताउने गरेको इन्स्पेक्टर गौतमले सुनाए ।
ट्राफिक पनि के कम † उसले पनि सहभागीलाई भन्ने गरेको छ, ‘रक्सी खानुस् तर खाएर गाडी नचलाउनुस् ।’
ट्राफिकले मापसे कारबाहीमा परेका चालकलाई दुई चरणमा कक्षा दिने गरेको छ । पहिलो कक्षा असईले लिन्छन् । त्यसमा कक्षा अवधिभरि सहभागी रमाइलो गर्छन् । दोस्रो कक्षा इन्सपेक्टरले लिन्छन् । कक्षामा सहभागी गम्भीर हुन्छन् । पहिलो कक्षामा महिला लिपिस्टिक लगाउदै गाडी हाक्दै गरेको, कोही मोबाइलमा गफिएकाजस्ता हासउठ्दो तस्बिर देखाइन्छ । दोस्रो चरणमा भने गम्भीर छलफल चल्छ । इन्सपेक्टर गौतम कक्षामा आएकालाई अनेक तरिकाले रक्सी पिउनु हानिकारक भएको  सुझाउछन् । मादकपदार्थ सेवन गर्दा दुर्घटनाको जोखिम पाच गुणा बढी हुन्छ ।
उनका अनुसार रक्सी पिएको व्यक्ति आवेशमा रहन्छन् । उनीहरूमा ‘झुटो आत्मविश्वास’ बढ्छ । रक्सी पिएको चालकलाई विपरीत दिशाबाट आएको गाडीको प्रकाश ठम्याउन गाह्रो हुन्छ । आखाले रङ छुट्याउन पनि सक्दैन । शारीरिकरूपमा कमजोर हुन्छ । हात र गोडाले ‘सही समय’मा सही काम गर्दैन ।
प्रहरीले रातको समयमा जाच गर्दा पनि मादकपदार्थ सेवन गरी गाडी हुइक्याउनेको सङ्ख्या घटेको छैन । दुर्घटना भने घटेको ट्राफिक प्रहरीको दाबी छ । गत १७ मङ्सिरदेखि मापसेविरुद्धको अभियान चलाइएको हो । गौतमले तथ्याङ्क देखाउदै भने, ‘दुर्घटनाचाहि घटेको छ ।’ उनका अनुसार यसबाट आपराधिक घटनामा पनि कमी आएको छ ।
काठमाडौ उपत्यकामा ९० ठाउभन्दा बढीमा राति मादकपदार्थ पिएको छ छैन भनेर जाच गरिन्छ । दुर्घटनाको मुख्य कारण तीव्र गति प्रहरी जाचका कारण नियन्त्रित हुने उनी बताउछन् ।
अभियान थालेदेखि १ चैतसम्मको अवधिमा १३ हजार एक सयभन्दा बढी चालक कारबाहीमा परिसकेका छन् । कक्षा लिन आउनेको सङ्ख्या भने सात हजारभन्दा बढी मात्र छ । ट्राफिक महाशाखा बग्गीखानाका अनुसार कारबाहीमा परेका चालकबाट यही अवधिमा साढे १० लाख  रुपिया“भन्दा बढी राजस्व उठेको छ ।
दैनिक डेढ सय चालक कक्षामा उपस्थित हुन्छन् । एक हजार रूपिया जरिवाना तिराई उनीहरूलाई कक्षामा राखेर प्रशिक्षण दिइन्छ । एक हजार जरिवाना तिरेर दुःख मान्दै कक्षामा छिरेका चालक हसिलो भएर निस्कने गरेको गौतमले बताए । कारबाहीमा परेका चालकको भनाइ उद्धृत गर्दै गौतम भन्छन्, ‘जाने बेलामा पनि उनीहरू जे गर्नुस्, हामीले रक्सी पिउनचाहि पाउनैपर्छ ।’

प्रतिक्रिया