प्रधानमन्त्री कार्यालयभित्रै ब्लु फिल्म

काठमाडौं, १० चैत । शुक्रबार दिउसो १२.३० बजे । प्रधानमन्त्री कार्यालयका सहसचिव जगदीश रेग्मीको कार्यकक्षमा पुग्दा उनको नेमप्लेटमा ‘बाहिर’ थियो ।
कार्यकक्षभित्र तीनजना कर्मचारी कम्प्युटरमा एकटकले ‘केही’ हेरिरहेका थिए ।
‘रेग्मी सर हुनुहुन्न ?’ मैले सोधे । उनीहरूको ध्यान कम्प्युटरमा थियो, त्यसैले मेरो सोधाइले केही प्रभाव पारेन । मैले अलि ठूलो स्वरले सोधे, ‘तपाईंहरू यहीको होइन ? मैले प्रवक्ता सरलाई खोजेको ।’ बल्ल उनीहरू चल्मलाए । तीनैजनाको अनुहारमा अलिक हतास बनेको भाव प्रस्ट देखियो ।
कम्प्युटरको ठीक अगाडि बस्नेले ‘माउस’ समात्यो र हेर्दै गरेको पेज ‘मिनिमाइज’ गर्‍यो । केही गडबड छ भन्ने महसुस भयो मलाई । अब त्यसै निस्कनुभन्दा खास कुरा के रहेछ त भनेर बुझ्ने उत्सुकता पलायो ।
नजिक गएर सोधे, ‘के हेर्दै हुनुहुन्थ्यो तपाईंहरू ?’ प्रश्न खस्नासाथ नजिकै बस्ने व्यक्ति हड्बडाएर बोले, ‘केही होइन, भित्र सर हुनुहुन्न, यत्तिकै टाइमपास गरेको ।’
यत्तिकैमा फेरि तीनैजना कम्प्युटरमा एकोहोरिए । के खिचडी पाक्दै रहेछ भनेर अलिकति निहुरिएर कम्प्युटरमा हेरे । अनि थाहा भयो, उनीहरूको एकोहोरोपनको रहस्य । कार्यालय समयमा ती कर्मचारी झुम्मिएर कम्प्युटरमा ब्लु फिल्म हेरिरहेका रहेछन् ।
तीन कर्मचारीमध्ये सहसचिव रेग्मीका पिए पञ्चबहादुर महर्जन र कार्यालय सहयोगी राजकृष्ण महर्जन चिनिए । अर्का एकजनाले नाम बताएनन्, फोटो खिज्दाखिज्दै उनी कोठाबाट भागे ।
भिडियो हेर्दै गरेको फोटो खिच्न खोज्दा हतार–हतार कम्प्युटर ‘टर्न अफ’ गरे, पञ्चबहादुर महर्जनले । त्यसपछि उनीहरूको हरेक क्रियाकलाप क्यामेरामा कैद भयो । अन्य दुई कोठाबाटै भागे । पञ्चबहादुर पनि भाग्न खोजे । तर, भिडियो नै खिच्न थालिसकेकाले उनी उम्कन पाएनन् ।
यो बीचको १० मिनेटमा पिए महर्जनले मिनरल वाटरको तीन लिटर पानी पटक–पटक पिएर सिध्याए । दुईपटक ट्वाइलेट गए । हल्ला नगरिदिनुस् भन्दै खुट्टा समाउन खोजे । खिचिएको फोटो हटाउन मोबाइल खोस्न खोजे ।
उनी भन्दै थिए, ‘आजलाई छाडिदिनुस्, यही ‘लास्ट’ हो । पछि छड्के मार्नुस्, अबदेखि हेर्दिन ।’ चिटचिट पसिना निकालेका उनले भने, ‘आज फसे ।’
महर्जनका अनुसार सहसचिव रेग्मी गत मङ्गलबार श्रीलङ्का गएका छन् । उनी १४ गते आउने जानकारी दिदै महर्जनले भने, ‘मेरो आजकाल कामै छैन, फोन आउछ त्यही रिसिभ गर्छु, बस्छु ।’
सोही भिडियो हेरेका नीलो ज्याकेट लगाउने अर्का एक व्यक्तिले आरोप लगाए, ‘आज मात्रै होइन, जहिल्यै पनि ऊ त्यस्तै हेर्छ ।’ आºनो फोटो ‘डिलिट’ गर्न आग्रह गर्दै उनले भने, ‘मैले हेरेको थिइन“, मोबाइल चलाएर बसेको मात्र थिए ।’ उनले आफ्नो नाम बताउन मानेनन् ।
टाउको समाउदै नीलो ज्याकेटधारीले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझै भयो । म संयोगले परे ।’ प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलको सचिवालयमा लुकेर बसेका ती कर्मचारीका अनुसार पिए पञ्चबहादुरले सधै अश्लील भिडियो, फोटो हेरेर बस्ने गरेका छन् । ‘रेग्मी सर हुदा त हेर्छन्, झन् अहिले त उहा पनि हुनुहुन्न,’ उनले भने ।
सहसचिव रेग्मीकै सचिवालयमा कार्यालय सहयोगी प्रभा हुमागाईं पनि बस्छिन् । त्यतिबेला प्रभा कार्यालयबाहिर निस्केकी थिइन् । महिला एउटै कोठामा काम गर्दा पनि महर्जनले ‘पोर्नोग्राफी’ हेर्ने गरेका छन् ।
‘पिए दाइले त फेसबुक अनि अरू साइटबाट हामीलाई त्यस्तो देखाइरहनुहुन्छ,’ सुरुमा पहिलोचोटि मात्र हेरेको बताउने नीलो ज्याकेटधारीले सत्य ओकले । ‘मलाई चाहि नमुछ्नुस् है †’ भन्दै उनले भने, ‘सधै हेरिन्थ्यो आज फसियो ।’
सबै यथार्थ खुलिसकेपछि प्रवक्ताका पिए महर्जन भने निकै आत्तिएका थिए । ‘बेक्कार हेर्ने बानी लागेछ’ पटक–पटक माफी मागेका उनले दोहोर्‍याएर कम्प्युटर खोल्न मानेनन् । ‘अघि हेरेको देखाउनुस् न’ भन्दा उनी तनाबमा आएर सचिवालय भित्र–बाहिर मात्र गरिरहे । ‘फसे’ भन्दै पटक–पटक टाउको समाइरहेका उनले धेरै आग्रह गर्दा मात्रै आफ्नो परिचयपत्र देखाएका थिए ।

पिए महर्जनसगको कुराकानी

के हेर्दै हुनुहुन्थ्यो ?
अनलाइन खबर हेरेको ।
अनि ब्लु फिल्म पनि हेर्नु हुदै थ्यो ?
होइन, त्यो यसो फोटो फेसनको…
फेसनको के ?
काम्दै बोल्न सकेनन्

फेरि देखाइदिनुस् न अघिको ?
बन्द गरिसके ।

एकचोटि फेरि देखाउनुस् न ?
हस् भन्दै उनले कम्प्युटर साइनआउट गरे
फेरि के गर्नु भा ?
कम्प्युटर बन्द गरेको ।
फेरि खोल्दिनुस् न ।
खोल्दिन ।
भिडियोमा रेकर्ड भइरहेको छ, कम्प्युटर
खोल्नुस् त ?
आइसक्या े भन े भइगया े नि त । मलै े बन्द गरिसक “े ।
ल अब म हिडे । अब हेर्दिन, सक्किगयो नि †
अब नहेर्ने ?
हजुर ।
के हेर्नुभाथ्यो रे ?
‘फेसन सो’ हेरेको ।
के थियो त्यसमा ?
अब हेर्दिन भनेपछि सक्किहाल्यो नि †
काम के गर्नुहुन्छ तपाईं, प्रवक्ताज्यू पनि विदेश जानुभएको रहेछ ?
होइन, अहिले खाली भएर मात्रै हो नि †
केही काम छैन अहिले ?
काम त त्यही फोन उठाउने ।
अघि हेरेको नदेखाउने ?
मैले सबै बताइसके नि, त्यो केही होइन भनेर ।
देखाउनुभएन भने कम्प्लेन गरिदिन्छौ ।
अब सबै खिचिसक्नुभयो नि । कति खिच्नुपरेको ?
अब म बाहिर जान्छु ।

प्रतिक्रिया