जातीय राज्यका लागि दबाव छः गौतम

दाङ, १० चैत । एमाले उपाध्यक्ष वामदेव गौतमले जातीय राज्यका लागि पार्टीमा जातीय संघ संगठनहरुको चर्को दबाव रहेको बताएका छन् ।

दाङको तुलसीपुरमा आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जातीय राज्यको सीमांकनका बिषयमा जातीय भातृ संगठनबाट दबाब आएको बताए । उनले भने, ‘जातीय राज्यका पक्षमा दबाव आएपनि त्यस तर्फ पार्टी निर्णय हुन सक्ने कुनै संभावना छैन ।’

एकीकृत माओवादी सेना र हतियार बिहिन हुनु पर्ने बताएका गौतमले शान्ति प्रक्रिया टुङगिएपछि मात्रै नयाँ संविधान जारी हुने बताए । उनले लडाकु र हतियार रहदा सम्म नयाँ सविधान नआउने दाबी पनि गरे ।

लामो समयदेखि एमाले भित्रको विवादलाई समाधान गर्दै भावनात्मक एकता र कार्यकर्तालाई गोलबन्द गर्ने अभियानमा पार्टी जुटेको गौतमको भनाई छ ।

प्रतिक्रिया