फौजदारी न्याय सम्पादनमा दुरावस्थाः प्रधान

काठमाडौं, १० चैत । महान्यायाधिवक्ता मुक्ति प्रधानले फौजदारी न्याय सम्पादनमा नेपालको दुरावस्था रहेको स्वीकार गरेका छन् ।

राजधानीमा आज एड्भोकेसी फोरम नेपालले गरेको कार्यक्रममा प्रधानले फौजदारी न्याय सम्पादनमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको स्वीकारे ।

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सकारात्मक काम गरेपनि अपराध नियन्त्रण गर्न पर्याप्त नभएको बताए । प्रधानले केन्द्रीय इन्भेष्टिगेसन ब्युरो गठनमा जोड दिएका छन् ।

प्रहरीका साथै अपराध क्षेत्रका विज्ञ, चिकित्सक र कानूनविद्हरुको सहभागितामा इन्भेष्टिगेसन ब्युरो गठन गर्न महान्यायाधिवक्ताको कार्यालयले पहल गरिरहेको उनको भनाई थियो ।

एड्भोकेसी फोरमका अध्यक्ष मन्दिरा शर्माले सरकारवादी मुद्दासम्बन्धी नियमावली संशोधन गर्न आवश्यक रहेको बताईन ।

प्रतिक्रिया