एमएस थापा नयाँ श्रममन्त्री

काठमाडौं, १० चैत । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद् माथबरसिंह थापा नयाँ श्रम मन्त्रीमा नियुक्त भएका छन् ।

थापालाई प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको सपथ गराएका हुन् । थापाले संविधानसभामा जनमुक्ति पार्टीबाट समानुपातिक सभासदका रुपमा प्रतिनिधित्व गर्छन् ।

यस अघिकी श्रममन्त्री सरिता गिरी बैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई सरुवा गरेपछि बिवादमा तनिएकी थिइन् । सोही बिवादका कारण प्रधानमन्त्रीले गिरीलाई बर्खास्त गरेर साना दलका तर्फबाट थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यस अघि साना दलका तर्फबाट गिरी मन्त्री भएकी हुन् । थापापनि साना दलकै तर्फबाट श्रममन्त्रीमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रतिक्रिया