साँच्चैको राष्ट्रिय सरकार गठन

सम्पूर्ण शासकीय कार्यभार आज हाम्रो काधमा आइपरेको छ । हाम्रो काध भन्नाले साम्यवादी र राष्ट्रिय पुजीपति वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको काध बुझ्नुपर्छ । यी शक्तिको समझदारी र अगुवाइमा अन्य वर्ग, तह र जातजातिको सहभागितामा गठन गरिने सरकारलाई सहमतीय राष्ट्रिय सरकार गठन भएको ठान्नुपर्छ । कम्युनिस्ट र कांग्रेसका साथै अन्य क्षेत्रीय पार्टीको गठजोरमा बनेको सरकार कथित राष्ट्रिय सरकार मात्रै हुनेछ । यस्तो भएमा राज्यशक्तिले गर्नैपर्ने कार्य कदापि पूरा गर्न सक्दैन । वास्तवमै सहमतीय राष्ट्रिय सरकार गठन गर्ने हो भने माथि उल्लेख गरिएबमोजिमको सरकार गठन हुनुपर्छ ।
अहिले सहमतीय राष्ट्रिय सरकार बन्नुपर्छ भन्ने विषय पत्रपत्रिकामा मुख्य समाचार बन्ने गरेको छ । जनताद्वारा पत्याइएका पार्टी पनि सहमतीय राष्ट्रिय सरकारको कुरालाई प्राथमिकता दिएर राजनीतिक बहस गरिरहेका छन् । बहस चलाइनु राम्रो कुरा हो । तर, राम्रो हुदाहुदै पनि कटौरे कुरो गरेर मात्रै हुदैन । कटौरे कुराको आधारमा राष्ट्रहितको कुरा गर्नु, जनताको हितको कुरा गर्नु समय निरपेक्ष कुरा हुन्छ । समय निरपेक्ष कुरा अलाप्नु भनेको एकआपसमा मूर्खता साध्नुबाहेक अन्यथा केही हुदैन । यसरी कटौरे कुरालाई दिनानुदिन वार्ताको विषय बनाई टेबुलमा गफ चुटेर बस्नु र भोलिका लागि समय निर्धारण गर्नु निश्चय पनि लाछी र कायरता हो ।
सहमतिमा आधारित राष्ट्रिय सरकार भन्नाले के बुझिन्छ ? सर्वप्रथम यस विषयमा हामी गम्भीर हुनु आवश्यक छ । राष्ट्र भनेको के हो ? यो पनि हामीले वर्तमान अवस्थामा सचेत ढङ्गले परिभाषित गर्नु आवश्यक छ । राष्ट्र भनेको अमूर्त चिज हो कि ? ढुङ्गा, माटो, खोलानाला हुन् कि ? आआङ्खनै अनुकूलको र स्वाठ कुरा गर्ने हो भने ‘राष्ट्र’ शब्दलाई जे–जस्तो रूपमा प्रस्तुत गरी परिभाषित गरे पनि हुन्छ । राजा महेन्द्रले यो शब्दलाई ढुङ्गा, माटो, खोलानालालाई इङ्गित गर्दै परिभाषित गरेका थिए । आङ्खनो श्रीपेच र राजतन्त्रलाई जसरी टेकोपिरो हुन्छ त्यही कुरा नै राष्ट्रवाद थियो । शाहवंशीय हितका खातिर गरिने सम्पूर्ण राजनीतिक क्रियाकलाप राष्ट्रवादी गतिविधि ठानिन्थ्यो । वास्तवमा यो राष्ट्र शब्दको गलत परिभाषा थियो ।
त्यसकारण राष्ट्र के हो सो कुरालाई हामीले बुझ पचाउनु हुदैन । बरु नबुझेकालाई हामीले मिहिन ढङ्गले बुझाउनु पर्छ । बुझ पचाउनु एकप्रकारले अपराध नै हो । हामीले बुझ पचाइरहेका छैनौ भने राष्ट्र भनेको मानव समूह हुन् । अर्थात् निश्चित भू–भाग ओगटेर विशेष पहिचानका साथ धेरै–थोरै सङ्ख्यामा जे भए पनि आदिम बसोबास गरिरहेका आजका नेपाली जनता नै राष्ट्र हुन् । उनीहरूको भूमि चाहे स्याङ्जा जिल्लाको होस्, वा डोटीे, दाङ, ताप्लेजुङ, काभ्रे, सप्तरी, पर्सा, सोलुखुम्बू अथवा काठमाडौ“को नै किन नहोस्, उसको निश्चित भू–भागभित्र पहिचानका साथ बसोबास गरिरहेका जनता नै राष्ट्र हुन् । ऊ मगर हुन सक्छ, थारू हुन सक्छ, यादव, झा, धिमाल, क्षेत्री, बाहुन, नेवार, तामाङ आदि चिनारीमा जुनसुकै पनि हुन सक्छ, समग्रमा ऊ नै एक राष्ट्र हो । तर, हालसम्मको सरकार गठनमा जे–जस्तो नामाकरण गरिए तापनि सङ्ख्यात्मक रूपमा अधिकांश एकजातीय हुने गरेको छ ।
यी सबै मानव समूहको बस्ती ‘नेपाल’ हो । ऊ नेपाली हो । उसको राष्ट्र माथि भनिएभैm“ हो । त्यसकारण सर्वप्रथम राष्ट्रलाई सम्बोधित गरिनु पर्छ । राष्ट्रको नाममा राजा महेन्द्रले गरेको राजनीतिक गतिविधि र परिभाषालाई निहित स्वार्र्थगत र भिन्न ढङ्गमा ढालेर परिभाािषत गर्न कदापि हुदैन । जनताबाट दुत्कारी माग्ने काम आज हामीले जानी या नजानी गर्न हुदैन । वर्तमानले हामीलाई यस्तो प्रकारको अनर्गल परिभाषा र अराजनीतिक आधारका क्रियाकलापबाट कुनै पनि विषयलाई सम्बोधन गर्ने छुट दिएको छैन । क्षणभरका लागि हामीलाई ठीक लागे पनि कालान्तरमा यो अफापसिद्ध हुन्छ सिङ्गो नेपाल र नेपालीका लागि । निहित स्वार्थहितमा मात्र राष्ट्रलाई परिभाषित गरेर आज हामी वार्ताको टेबुलमा बसी सरकार गठन गर्न त सफल भइएला तर त्यो पाच्य हुदैन । वर्तमानमा शीर्ष नेताले फराकिलो छाती बनाएर सोच्न सक्नुपर्छ । र, राष्ट्रिय सरकारको बारेमा पनि वस्तुवादी भएर यथार्थपरक ढङ्गमा व्याख्या र विश्लेषण गरिनुपर्छ । तसर्थ राष्ट्रिय सहमतिलाई हामीले गम्भीर भएर बुझ्ने मात्र होइन कि कार्यान्वयन पक्षमा नै जोड दिनु जरुरी छ । अब यस विषयमाथि हामी गम्भीरतापूर्वक छलफल र टुङ्गोमा पुग्न जरुरी छ । जुन कुरा समयले सम्बोधनको खातिर चुनौती दिइसकेको छ ।
कम्युनिस्ट पार्टीहरू, कांग्रेस र क्षेत्रीय दलको सहमतिमा बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार भन्नु सरासर झूठ कुरा हो । यस्तो सरकारलाई संयुक्त गठबन्धनको सरकार भन्न सुहाउछ । किनभने यी पार्टीले निश्चित वर्ग र क्षेत्रीय आधारका विषयलाई मात्रै सम्बोधन गरिरहेका हुन्छन् । यथार्थता यही हो । यथार्थलाई नामेट गर्दै अगाडि बढ्दा हामी सत्यमा पुग्न सक्दैनौ । सत्यमा पुग्नका लागि यथार्थलाई आत्मसात् गर्नुपर्छ । अनिमात्र सत्यको धरातलमा हामी पुग्न सक्छौ । राजनीति भनेको यथार्थलाई टेक्दै सत्यमा पुग्ने बाटो हो । जनताको अधिकार र कर्तव्यलाई यथार्थमा सम्बोधन गर्दै युगान्तकारी परिवर्तनका निमित्त उज्यालोतिर डो¥याउने मार्ग हो । सरकार गठनका बारेमा पनि यही आधारभूत तात्विक कुराको हेक्का राख्नुपर्छ । योभन्दा पर गएर सोच्नु हुदैन । यदि सबैको प्रतिनिधित्व नभई अगाडि बढेर सरकार गठन गर्ने हो भने झन् गम्भीर गल्ती हुन पुग्छ ।
सहमतिको राष्ट्रिय सरकार भनेको यथार्थमा भन्नुपर्दा नेपाली जनताको पहिचानमा रहेको अस्तित्वलाई यथार्थ बोध गर्दै हेक्का राखेर सरकार गठन गर्नु नै हो । पहिचान र अस्तित्वमा रहेका राष्ट्रलाई सरकारमा प्रतिनिधित्व गराउनु यथार्थमा ‘राष्ट्रिय सरकार’ हो । हामीले राष्ट्रिय सरकारको नाममा पार्टीहरूको प्रतिनिधित्व मात्र समावेश गर्ने हो भने सामान्य गल्ती होइन कि यो सच्याउनै नसकिने ऐतिहासिक भूल हुनेछ । यस्ता ऐतिहासिक भूललाई सचेत ढङ्गले सम्बोधन गर्नु आवश्यक छ । उखान नै यहा उल्लेख गर्ने हो भने ‘छोरी कुटी बुहारी तर्साउने’ भनाइमात्र चरितार्थ हुन्छ ।
राष्ट्रिय सहमतिको सरकार भन्दै पार्टीगत प्रतिनिधित्वको सरकार बनाउने अलमलमा हामी पर्न हुदैन । अधिकांश सङ्ख्यात्मक रूपमा एउटै राष्ट्रका मानवजातिको प्रतिनिधित्व मात्र सहमतिको सरकार हुन सक्छ र ? यो त कदापि हुन सक्दैन । यस्ता कुरालाई रकमी कुरा मात्र भन्न सकिन्छ । रकमी भनेको शाब्दिक अर्थमा कागजपत्रमा दुरुस्त पारेर जनसमक्ष प्रस्तुत गरिने विषयमात्र हुन् । आज हामी रकमी कुराबाट बचेनौ भने समयले हामीलाई छाड्नेछ । समयले निरपेक्ष भएर सास फेर्नु भूलको अक्सिजन मात्र फोक्सोमा पर्छ । त्यो भूलको अक्सिजन पूर्णरूपमा प्रदूषित हुनेछ । त्यो प्रदूषित अक्सिजनमा सिसासमेत मिश्रित भएकाले पूर्णशरीरलाई नै नोक्सान पुर्‍याउदछ । शरीरको नोक्सान गर्नबाट बच्नु, बचाउनु अगुवाहरूको कर्तव्य र अधिकार पनि हो । उचित ढङ्गले कर्तव्य पालना गर्दै अधिकारलाई प्रयोगमा ल्याउन सक्नु पर्छ । अन्यथा ऐतिहासिक भूल सुधार गर्न कदापि सकिन्न ।
(लेखक एमाओवादीका केन्द्रीय सल्लाहकार हुन् ।)

प्रतिक्रिया