भारतबाट शिक्षक ल्याएर पढाइ

जुम्ला, ९ चैत । विद्यार्थीको आकर्षण बढाउन र जुनसुकै ठाउमा पनि प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनको लक्ष्य राखी यहाका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेका छन् । ती विद्यालयले कार्यरत शिक्षकबाट सम्भव नभएपछि भारतबाट शिक्ष्ँक ल्याएर अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरेका छन् ।

अङ्ग्रेजीमा कमजोर भएका कारण अन्य विद्यार्थीसग प्रतिस्पर्धा गर्न नसकेको गुनासो बढेपछि सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यममा पढाउन थालिएको हो । सामुदायिकमा विद्यार्थी सङ्ख्या घट्दै जाने समस्या अङ्ग्रेजी माध्यममा पढाइ हदा समाधान हुने विश्वास शिक्षक तथा अभिभावकको छ ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत जीवन भण्डारीका अनुसार जिल्लाका एक सय ५९ मध्ये आठवटा सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेका हुन् । कर्णाली मावि, जनता मावि, कालिका प्रावि, निमावि जोडु, मन प्रावि गोरा, निमावि गोठिपिङ्गे, भगवती प्रावि भण्डारीवाणा र प्रावि हियाखोलामा अङ्ग्रेजीमा पढाइ भइरहेको छ ।
अनामनगरस्थित कर्णाली माविले तीन कक्षासम्म अङ्ग्रेजीमा कक्षा सञ्चालन गरेको छ । सो विद्यालयले दार्जिलिङबाट दुईजना शिक्षक ल्याएर अङ्ग्रेजीमा कक्षा सञ्चालन गरिरहेको छ । दार्जिलिङका मनोज सिंह र दुर्गा सिंहले सो विद्यालयमा अध्यापन गरिरहेका छन् ।
अभिभावकको मागपछि अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको प्रधानाध्यापक क्रान्तिका सेजुवालले बताइन् । ‘यहा“ एसएलसी दिएर बाहिर पढ्न गएका विद्यार्थी अङ्ग्रेजी माध्यमका कारण प्रतिस्पर्धा गर्न नसकेर फर्किएका छन्,’ प्रधानाध्यापक सेजुवालले भनिन्, ‘अङ्ग्रेजी आजको आवश्यकता भएका कारण अङ्ग्रेजीमा कक्ष्ाँ सुरु गरेका हौ ।’ उनले बिस्तारै माथिल्लो तहमा पनि अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दै जाने योजना सुनाइन् ।
अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयले निजी स्रोतमा शिक्षक व्यवस्थापन गरिरहेको अधिकृत भण्डारीले बताए । अङ्ग्रेजी माध्यममा पढाइ थालेका विद्यालयलाई जिशिकाले नियमित दिइने पाठ्यपुस्तक, छात्रवृत्तिलगायतका बजेट तथा कार्यक्रम दिएको र अरू व्यवस्थापन विद्यालयले नै गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार ती विद्यालयलाई अभिभावकबाट सहयोग प्राप्त भएको छ ।

प्रतिक्रिया