यात्रु बाहक बसमा बम विष्फोट

दाङ, ९ चैत । दाङको तुलसीपुरबाट सल्यानका लागि छुट्ने तयारीमा रहेको यात्रुबाहक बसमा आज दिउसो बम बिष्फोट भएको छ ।

बस तुलसीपुर बसपार्कबाट सल्यानको काभ्राका लागि दिउसो साढे १ बजे छुटने तयारी थियो । लु १ ख ४६८१ नम्बरको वसमा अकस्मात बम विष्फोट भएपछि केही समय तनाब भएको थियो ।

छुट्नु भन्दा १० मिनेट अघि मात्रै बस भित्र बम राखिएको प्रहरीले जनाएको छ ।

बिष्फोटनबाट मानवीय क्षति भएको छैन । बसमा भने क्षति पुगेको राप्ती अञ्चल बस व्यवसायी समितिका डाइल ईन्चार्ज प्रकाश भट्टले जनाकारी दिए ।

बम बिष्फोटको जिम्मा जनतान्त्रिक तराई मधेस मुक्ती पार्टीले लिएको छ । तुलसीपुरमा यस अघि पनि पटक पटक बिष्फोट हुँदै आएका छन् ।

प्रतिक्रिया