उपत्यकाबाहिर ‘तडप’

काठमाडौः चेलीबेटी बेचबिखन र वेश्यावृत्तिविरुद्धको कथामा निर्मित चलचित्र तडप काठमाडौं उपत्यकाबाहिरका हलबाट प्रदर्शनमा आएको छ । यसै चलचित्रबाट नवनायिकाका रूपमा डेब्यु गरेकी पनाह अधिकारीले यसका गीत एवम् स्त्रिपप्ट लेखेकी हुन् ।
राज बस्न्यातले निर्देशन गरेको तडपमा राजेश हमाल, दिलीप रायमाझी, झरना थापा, रवि गिरी, मोहन मिश्र, नवीन श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् । जीवन थापाको प्रस्तुतिमा विवेक थापा र आयुष्मान बस्न्यात निर्माता रहेको चलचित्रमा जन्म राईको सङ्गीत, प्रदीप श्रेष्ठ र दिनेश अधिकारीको नृत्य-निर्देशन, देव महर्जनको द्वन्द्व एवम् देवेन्द्र गिरीको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया