तपस्वीका समर्थकले कुटे पत्रकार

बारा, ८ चैत । नेपाल प्रेस युनियनले तपस्वी रामबहादुर बोम्जनको धार्मीक सभाको समाचार संकलनकका लागि पुगेका बाराका सञ्चारकर्मी माथी तपस्वीका समर्थकले सांघातिक आक्रमण गरेको भन्दै घटनाप्रति खेद ब्यक्त गरेको छ ।

बाराको हलखोरीया जंगलमा जारी उनको धार्मीक सभाको समाचार संकलनका लागि पुगेका नेपाल टेलिभिजनका बारा समाचारदाता रेशम तिवारीको क्यामरा समेत वम्जनका समर्थकले लुटेका छन् ।

प्रेस युनियनका महासविच शिव लम्सालद्धारा जारी विज्ञप्तीमा घटनामा संलग्न दोर्जे भन्ने जर्मन नागरिक सहित अन्य आक्रमणकारीलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न जोडदार माग गरेका छन् ।

घटनास्थलबाट भागेर पसाहा आईपुगेका पत्रकार तिवारीले भने, ‘हामीले टाढाबाट तस्बिर लिईरहेका समयमा तपस्वी बोम्जनको सभास्थलका केही युवाले हातपात गरे ।’
ईमेज च्यानलका बारा संबाददाता प्रकास लम्सालको क्यामराको ब्याट्री समेत वम्जनका समर्थक युवाहरुले खोसेको युनियनले जनाएको छ ।

तराई टेलिभिजनका विनोद प्याकुरेल र मोफसल डटकम साप्ताहिकका पत्रकार बसन्त खतिवडा माथी समेत उनीहरुले हातपात गरेका छन् । घटना लगतै ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी घटनास्थल तर्फ गएको छ ।

तपस्वी बोम्जनको तपस्यास्थल हलखोरीया पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पसाहाबाट ७ किलोमिटर उतरमा पर्छ ।

प्रतिक्रिया