बालिकाको सामूहिक बलात्कार

दाङ, ८ चैत । दाङको तुलसीपुरमा स्थानीय एक बालिकाको सामूहिक बलात्कार भएको छ ।

तुलसीपुर नगरपालिका वडा नम्वर ५ नयाँ बसपार्कमा ५ जना युवाहरुले १३ वर्षीया एक बालिकालाई समूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले गएराति साढे ९ वजे बालिकाको पालैपालो बलात्कार गरेका थिए ।
वसपार्कमा रोकीराखेको ना २ ख ५५९१ नम्वरको वसभित्र छ जना व्यक्तिहरुले बालिकालाई लगेर जवर जस्ती गरिरहेको अवस्थामा प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ बगरेको छ ।

तुलसीपुर बजारमा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरीले बसपार्कमा महिलाको चिच्याएको आवाज सुने पछि बसमा छापा मारेको थियो । बलात्कारमा संलग्न एक जना भने भाग्न सफल भएको प्रहरी भनाई छ ।

बालिका बलात्कारमा संलग्न सबै गाडीमा काम गर्ने कामदारहरु रहेको खुलेको छ । पक्राउ पर्नेमा ना ३ ख २२३१ नम्बरको गाडीका हेल्पर १६ बर्षीय बिकास पुन, रा १ ख ३८२ को नम्बरको गाडीका हेल्पर १६ बर्षीय अमर श्रेष्ठ, ना ३ ख ४४०० नम्बरको गाडीका हेल्पर रबिन नेपाली र १५ बर्षीया मोहन बिक रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैको घर सल्यान जिल्ला छायाँक्षेत्र गाविसमा पर्छ । फरार एक जनाको खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यलय तलसीपुरका प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए । बलात्कारमा परेकी बालिकाको अवस्था भने सामान्य रहेको छ । उनको स्थानीय अस्पतालमा उपचार भएको छ ।

प्रतिक्रिया