तीन दाजुभाई मिलेर हत्या

सिन्धुपाल्चोक, ८ चैत । सिन्धुपाल्चोक जिल्लाको थाङपालधापमा काले नेपालीलाई स्थानीय तीन जनाको समूहले हत्या गरेको छ । हत्यामा संलग्न सानुवावु नेपाली, केशव नेपाली र दिनेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पारिवारीक बिवादका कारण नेपालीको हत्या भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरी खनालले जानकारी जानकारी दिए ।

मादक पदार्थ सेवन गरिरहेका बेला पारिवारीक विषयको विवाद बढ्दै गएपछि सानुवावुले कालेलाई ढोकाको आग्लोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

हत्या पछि तीन जनाले कालेको शवलाई २५ मिटर तल खोल्सामा फालिदिएको निरीक्षक खनालले वाताए ।

हत्यापछि घरमै लुकेर वसेको अवश्थामा हत्यारालाई प्रहरीले पक्राउ गरेको थियो । हत्यामा संलग्न तीन जना दाजुभाई हुन् ।

प्रतिक्रिया