के बेच्छन् नायिका, अभिनय कि ग्ल्यामर ?

नेपालकी पहिलो नायिका भुवन चन्द र अहिलेकी जल्दीबल्दी रेखा थापाबीच दुई समानता छन्– यी दुवै नारी हुन्, अनि नायिका । असमानता के छ त ? नायिकाबाट चरित्र अभिनेत्री हुदासम्म भुवनले मिनिस्कर्ट कहिल्यै लाएकी छैनन्, रेखाले चाहि“ मिनिस्कर्ट नलाएका चलचित्र देख्नै मुस्किल छ । रेखाले मिनिस्कर्ट लगाउनाको औचित्यलाई चलचित्रमा माग हुने ‘ग्ल्यामर’ (आकर्षणीय क्षमता) स“ग जोडेर पुष्टि गर्न खोजिन्छ । त्यसो भए भुवनमा कुनै ग्ल्यामरै थिएन त ? त्यतिबेलाका चलचित्रले ग्ल्यामर माग्दैनथे ? माग्थे, तर त्यतिबेला चलचित्रमा ग्ल्यामर र नग्नता एकअर्काका परिपूरक बनिसकेका थिएनन् । भुवनले अभिनय क्षमताबाट जति दर्शकलाई आकर्षित गर्न सक्थिन्, त्यही नै उनको ग्ल्यामर हुन्थ्यो । ‘फरिया–चोलो लगाएकी’ भुवनको अभिनयबाट प्रस्फुटित महिलाका पीडा, आ“सु अनि वेदना चलचित्रका ग्ल्यामर बन्थे । यौनदृश्यका लागि नायक–नायिका होइन, फूलहरू ठोक्किन्थे । अहिलेको उदाङ्गो ग्ल्यामरलाई उतिबेला शालीनताले छोपेको थियो । नेपाली चलचित्रले आधा शताब्दी पार गरिसक्दाको अवस्थामा अब ग्ल्यामर उतिसारो शालीन छैन । ग्ल्यामरको परिभाषाभित्र अङ्गप्रदर्शन अपरिहार्य बनिसकेको छ । चर्चा चल्ने गर्छ– अहिलेका हिरोइनले अभिनयको होइन, शरीरको ग्ल्यामर बेचिरहेझै“ लाग्न थालेको छ ।
मिलेको जिउडाल, आकर्षक रूपरङ, नृत्यक्षमता अनि सामान्य अभिनयस“गै अहिलेको ग्ल्यामर ट्रेन्डलाई अ“गाल्ने साहस बोकेर थुपै्र युवती आइपुग्छन् सपनाको उद्योगमा । यथार्थ फेरिएको छ– नायिकाहरू चलचित्रमा सोपिसजस्ता मात्रै लाग्छन् । उनीहरू ‘हिरो’ बन्न सकेका छैनन् । अभिनयका आधारमा नायिकाहरूको भूमिकागत सर्वोच्चता कथाले नै माग्दैन, लेखि“दैनन् । अङ्गप्रदर्शनका मामिलामा नायिकाहरूको गर्विलो धारणा आउ“छ– ‘कथाले मागेजति गर्ने हो ।’
००००
‘त्यो पूर्णरूपले चलचित्रको विषयले गर्दा भएको हो’, निर्देशक यादव खरेल भन्छन्– ‘कथानक चलचित्रहरूमा नारी पात्रलाई मायाप्रीतिको गीतमा अङ्ग देखाएर नाच्ने किसिमको भूमिकामा मात्र राखिएको हुन्छ । महिलालाई मायाप्रीतिको सन्दर्भमा मात्रै र लोग्ने मानिसलाई ‘मसल पावर’ का रूपमा प्रयोग गर्ने सूत्र बलिउड सिनेमाको ‘ट्रेन्ड’ हो । त्यो मूलधारलाई नेपाली चलचित्र उद्योगले पनि सस्तो लोकप्रियताका लागि समाएको देखिन्छ ।’ उनले थपे– ‘सबैलाई एउटै क्याटागोरीमा राख्न त नमिल्ला तर पनि रोमान्सका भूमिकामा नायिकाका अङ्गप्रदर्शनमार्फत देखाइने भड्किला यौनजन्य गतिविधिले मूलधार समातेका छन् ।’
यादवका दृष्टिमा जति अङ्गप्रदर्शन हुन्छ, त्यति नै नायिकाप्रतिको ग्ल्यामर फिलिङ घट्दै जान्छ । ग्ल्यामर कलाकारिताबाट अभिव्यक्त गर्न सक्नुपर्छ । भद्दा किसिमबाट नग्नता पस्किइएको दृश्यले ग्ल्यामरस सौन्दर्य उद्घाटित गर्दैन । उनले भने– ‘यस्तो दृश्य उतार्ने निर्देशकले हो, उसैको सोचमा निर्भर हुन्छ । फेरि यस्ता दृश्यका लागि निर्देशकलाई प्रोड्युसरले पनि प्रभावित पारिरहेको हुन्छ । यी दुईले बजारमा सस्तो ‘भल्गर’ मनोरञ्जन दिने उद्देश्यले चलचित्रको निर्माण गरे त्यसमा यौन र हिंसाले प्राथमिकता पाइदिन्छ । नेपाली नायिकाले पनि स्क्रिप्ट नै नबुझी रोल पाउनेबित्तिकै एक्सेप्ट गर्ने प्रवृत्तिले गर्दा अङ्गप्रदर्शनले स्थान पाएको छ ।’
चपली हाइटगर्ल विनीता बरालचाहि“ नेपाली चलचित्रमा निर्माता–निर्देशक मात्रै हाबी भएका कारण यस्तो मान्यताले प्राथमिकता पाएको दाबी गर्छिन् । भन्छिन्– ‘निर्माता–निर्देशकले अध्ययन नगरेका हुन् या के हो, नायिकाका कपडा खोलेपछि मात्रै चलचित्रमा ग्ल्यामर आउने भ्रम उनीहरूमा छ ।’ उनले चेतावनी दिइन्– ‘अब पनि निर्देशकले त्यो भ्रम नछाडे चलचित्र उद्योग नै धरापमा पर्न सक्छ ।’  त्यसो त उनी आफै“ले पनि चलचित्र चपली हाइटमा खुलेरै अङ्गप्रदर्शन गरिन् नि † ‘हो, मैले पनि यसमा ग्ल्यामरका निहु“मा लुगा खोलेकी छु, यो सबै निर्माता–निर्देशक हाबी भएकै कारणले हो । उनीहरूले बुझ्नुपर्छ– पछिल्लोचोटि कपडा लगाएको पोस्टर पनि त ग्ल्यामरस ठहरियो †’
त्यसो त ‘ग्ल्यामर जा“चका’ बहानामा निर्माता–निर्देशक नायिकालाई सेक्स सम्बन्धका लागि बाध्य पार्छन् भन्ने आरोप पनि बजारमा घोइरो–घोइरो सुनिन्छ । कतिपय अवस्थामा भूमिका पाउने व्यग्र इच्छामा रहेका युवती यो ‘गोप्य सम्झौता’ का लागि मानसिक रूपमै तयार हुने गरेको र कतिपय अवस्थामा बाध्यतामा पर्ने गरेका वाक्यांश अपुष्ट रूपमा सुनि“दै आएका हुन् । केही समयअघि चलचित्र लेखक एवम् निर्माता मौनता श्रेष्ठले निर्जीव वस्तुका रूपमा रहेको चलचित्र उद्योगबाट माया र संवेदनाको आश गर्नु मूर्खता रहेको प्रसङ्ग निकाल्दै यसो भनेका थिए– ‘मैले केही यस्ता निर्माता देखेको छु, जो मात्रै मोजमस्ती गर्न चाहन्छन् । कोही निर्माता राम्री युवतीलाई ‘एक रात अफूस“ग सुत्ने’ सर्तमा मात्र हिरोइन बनाइदिने वचन गर्छन् । यो मायानगरी सा“च्चै फोहोरी छ ।’  केही घटना पनि देखिएकै हुन्– यस्तै एक केसमा निर्देशक कृष्ण चापागार्इंमाथि प्रहरीमा रिपोर्ट परेको थियो ।
केही महिनाअगाडि मात्र नवनायिका अनुष्का ढकालले आफूले अभिनय गरेको चलचित्र प्रदर्शनमा पनि आउनै नपाई उद्योगबाटै सन्न्यासको घोषणा गरिन् । उनी अहिले मिडियाको सम्पर्कमा छैनन् । सुनिन्छ– उनी विवाहबन्धनमा बा“धिएर गृहस्थी जीवनमा छिन् । सन्न्यासको कारणमा उनको धारणा थियो– नायिकाका रूपमा चलचित्रमा रह“दा ‘अभिनयका बहानामा निर्माता–निर्देशकस“ग गर्नुपर्ने ग्ल्यामरस सम्झौता’ को जोखिम ।
सेक्सका विषयमा नायिका विनीताको धारणाचाहि“ यस्तो छ– ‘मलाई सेक्स कुनै नौलो लाग्दैन, यो हरेक मानिसको मन अनि दिमागमा हुन्छ नै । सबै क्षेत्रमा सेक्स हाबी भए पनि सेलिब्रेटी भएका आधारमा नायिकाचाहि“ जिज्ञासाका विषय हुने गरेका हुन् । गाउ“घरमा हेर्ने हो भने तोरीबारीमै सेक्स खुलेको देख्न पाइन्छ ।’    
००००
‘गोप्य सम्झौता’ को यस्तै आशङ्काका कारण कुनै निर्देशकस“ग नाम जोडिनु मात्रै पनि नायिकाहरूका लागि घरपरिवारसामु टाउको दुखाउने विषय बन्ने गरेको छ । चलचित्र रंगका निर्देशक रोशन हमालस“ग यसैगरी नाम जोडिएपछि नायिका सुमीना घिमिरे केही अगाडिसम्म यस्तै तनाबमा परिन् । प्रतिवाद गर्दा पनि केही नलागेपछि उनले चलचित्र क्षेत्रबाटै सन्न्यास लिने घोषणासमेत गरिन् । तीन महिनासम्म मिडियास“गको सम्पर्कबाट टाढै बसिन् । के नेपाली निर्माता–निर्देशक चलचित्रमा लिइसकेपछि नायिकालाई आफूखुसी प्रयोग गर्न पाउनुलाई अधिकारै ठान्छन् त ? सुमीना यो कुरालाई सिधै अस्वीकार गर्छिन् । भन्छिन्– ‘आजसम्म म आफै“ सजग हु“दै आएकाले यस्तो समस्या भोगेकी छैन । यस्ता कुरामा नायिका आफै“ सजग हुनुपर्छ ।’
यी धारणाले बताउ“छन्– भुवन चन्द र रेखा थापाबीचको यो अवधिमा नायिकाका लुगा मात्र छोटिएका छैनन्, अभिनयलाई अङ्गप्रदर्शनले उछिनेको मात्र छैन, नायिकाहरूको भूमिकागत सशक्तता घटेको मात्र होइन । गुणस्तरीय चलचित्रमार्फत उद्योगलाई उ“भो लगाउने भन्दा ‘अरू’ नै स्वार्थले प्राथमिकता पाइरहेको छ ।

प्रतिक्रिया