चिट चोराउन आन्दोलन

सिन्धुपाल्चोक, ७ चैत । प्रवेशिका परीक्षामा चिट चोराउन नपाएको भन्दै सरस्वती उच्च मावि भोटेचौर परीक्षा केन्द्रमा अभिभावकहरुले केन्द्राध्यक्ष र प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।

अभिभावकहरुले परीक्षा कडा भएको भन्दै केन्द्रमा केही समय नाराबाजी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बसन्तकुमार लामाका अनुसार केही समय तनाब भए पनि पछि अभिभावकहरुलाई सम्झाएपछि स्थिति सामान्य भएको थियो । बुधबारदेखि आवश्यक परेका केन्द्रमा सशस्त्र प्रहरी समेत परिचालन गर्न लागेको प्रहरीले वताएको छ ।

सरस्वती उमावि परीक्षा केन्द्र बाहेक अन्य सबै ठाउँमा परीक्षा शान्तिपूर्ण भएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले जानकारी दिए ।

प्रतिक्रिया