यस बर्षको एसएलसी सुरु (फोटो फिचर)

काठमाडौं, ७ चैत । यस बर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको । मुलुकभरीका केन्द्रमा परिक्षार्थीले एसएसलीको परिक्षा दिएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार १६ चैतसम्म चल्ने परीक्षाका लागि कुनै समस्या आएको छैन ।
परीक्षामा पाँच लाख २८ हजार दुई सय ५७ परीक्षार्थी सम्मिलित हुँदै छन् । तीमध्ये नियमिततर्फ चार लाख ४५ हजार नौ सय ७४ र एक्जाम्टेडतर्फ ८२ हजार दुई सय ८३ जना छन् ।
नियमिततर्फ सबैभन्दा कम मनाङका ९९ र एक्जाम्टेडतर्फ मुस्ताङका ६ जना परीक्षार्थी छन् ।
एसएलसी परीक्षाको पहिलो दिन राजधानीमा देखिएका झलक । सौर्य सहकर्मी देबकी विष्टले लिएका तस्बिरहरु

 

प्रतिक्रिया