पश्चिम सेती छानविन उपसमितिलको म्याद थप

काठमाडौं, ६ चैत । संसदको प्रकृतिक स्रोत र साधन समितिले पश्चिसेती जलविद्युत आयोजनाका बिषयमा भएको सम्झौताको अध्ययन गर्न बनेको छानविन उपसमितिको म्याद थप गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले छानविन उपसमितिले म्याद अपूग भएको भनेपछि दस दिन पुनः थप गरेको हो । जलाशय युक्त सात सय पचास मेगा वाटको पश्चिम सेती परियोजना बनाउनका लागि चीनको थ्री गर्जेज कम्पनीसँग भएको सम्झौतामा अनियमितता भएको ठहर गर्दै समितिले छानबिनगर्ने निर्णय गरेको थियो ।
यस अघि दस दिन भित्र आफ्नो प्रतिवेदन बुझाउने गरेर समिति सभापति शान्ता चौधरीको संयोजकत्वमा उपसमिति गठन भएको थियो ।

प्रतिक्रिया