इप्रका वर्दिवास घेराउका क्रममा झडप

जनकपुर, ६ चैत । महोत्तरीको माईस्थान–१ बस्ने ३५ वर्षीया जनुका श्रेष्ठको हत्यारालाई कारवाहीको माग गर्दै स्थानीय वासिन्दाले आज ईलाका प्रहरी कार्यालय वर्दिवास घेराउ गर्नुका साथै पूर्व पश्चिम लोकमार्ग अवरुद्ध पारेका छन् ।

ईलाका प्रहरी कार्यालय वर्दिवासले घटनामा संलग्न ९ जनालाई पक्राउ गरे पनि सार्वजनिक नगरेको, घटनाको निश्पक्ष छानविन नभएको तथा दोषी पत्ता नलागएको भन्दै माईस्थानका स्थानीयले लोकमार्ग अवरुद्ध गरेका हुन् । ईलाका प्रहरी कार्यालय वर्दिवास घेराउ गर्ने क्रममा प्रहरी र स्थानीय बीच केहिबेर झडप समेत भएको थियो ।

लोकमार्ग अवरुद्ध हु“दा पूर्व पश्चिम राजमार्ग भई चल्ने सम्पूर्ण सवारी साधान प्रभावित भएका छन् । बाटो बन्द भएपछि सर्वसाधारण यात्रुलाई समस्या भएको छ ।

श्रेष्ठलाई चैत ४ गतेका दिन माईस्थान–५ स्थित मकैवारी भन्ने स्थानमा अज्ञात समूहले खुकुरी प्रहार गरेर हत्या गरेको थियो ।

प्रतिक्रिया