सन्नीले गरिन् विपासाको प्रशंसा

मुम्बईः भारतीय रियालिटी सो बिगबोसबाट चर्चामा आउनासाथ पोर्नस्टार सन्नी लियोनलाई बलिउडले पनि बोलायो । निर्माता-निर्देशक महेश भट्टले जिस्म-२ का लागि अनुबन्धित गरेपछि उनी निकै उत्साहित छिन् । बलिउडमै स्थापित हुने सपना देखेकी उनले भन्न थालेकी छन्- ‘यो चलचित्रले बलिउडमा मेरो छवि निर्धारण गर्नेछ ।’ भट्टको अघिल्लो चलचित्र जिस्मबाट विपासा वसुले पाएजस्तै सफलता आफूले पनि पाउनेमा सन्नी निकै आशावादी छन् । एक सार्वजनिक कार्यक्रममा विपासाको प्रशंसा गर्दै यी ३० वषरीया सुन्दरीले भनिन्- ‘म पनि उनले जस्तै छाप छोड्न चाहन्छु ।’
चलचित्रको निर्माण सुरु भइनसके पनि सन्नीको बलिउड-चर्चा भने यसै पनि आकासिइसकेको छ । सन्नीले आˆनो प्रशंसा गरेपछि विपासाले पनि उनको प्रशंसा गर्दै भनेकी छन्, ‘सन्नीले पक्कै पनि राम्रो गर्नेछिन्, मैले बनाएको छविलाई पनि उछिनून् ।  मैले उनलाई राम्ररी चिनेको त छैन तर महेश भट्टले छानेको व्यक्ति पक्कै राम्रै हुन्छ ।’ जिस्म-२ मा सन्नीका अलावा रणदीप हुड्डा र अरुणोदय सिंहको अभिनय रहने एजेन्सीले उल्लेख गरेको छ ।

प्रतिक्रिया