दुर्घटनामा शिक्षकको मृत्यु

झापा, ५ चैत । पू्र्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत झापाको लखनपुरमा आज भएको सडक दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ ।

लखनपुर–१ स्थित रवि आयल सेन्टर नजिकै बसको ठक्करबाट घाईते शिक्षक गोपाल थपलियाको उपचारका क्रममा मृत्यु भएको हो ।

मे २ प ९५०२ नम्बरको मोटरसाइकलमा सवार स्कूलचौन उच्च मा.वि.महारानीका–५का शिक्षक थपलियाको लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया